पुस्तक ‘कहर’ काे विषयमा अन्तरक्रिया

नयाँ बुलन्द

चुलाचुली : पत्रकार तथा लेखक जनक सापकोटाद्वारा लिखित नेपाली समाजमा फरक मुद्दामाथि लेखिएको पुस्तक ‘कहर’ काे विषयमा अन्तरक्रिया कार्यक्रम दमकमा सम्पन्न भएको छ ।

स्थानीय एसजी हाेटलकाे हलमा सम्पन कार्यक्रममा बैदशिक स्वराेजगारकै लागि मेनपावरबाट ठगिएका पिडित व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।

परिवर्तन सामुदायिक पुस्तकालय झापा र चुलाचुली रंगमञ्च इलामको संयुक्त अायाेजनामा भएको कार्यक्रममा नेपाली वर्तमान समाजकाे पछिल्लो समयमा बैदेशिक स्वराेजगारले भित्रयाएकाे समस्याले भविष्यमा अाईपर्न सक्ने विकृतिलाई सुधारेर लैजान सरकार, निकाय, व्यक्ति सचेत हुनुपर्ने विषयमा छलफल भएकाे थियाे ।

परिवर्तन सामुदायिक पुस्तकालयका अध्यक्ष राम बुढाथोकीकाे संयाेजकत्व भएको कार्यक्रममा चुलाचुली-७ का राजकुमार अाङदेम्वेले मेनपावरबाट ठगिएकाे समस्या बताएका थिए ।

कार्यक्रममा लेखक तथा पत्रकार जनकराज सापकाेटा, कानुन व्यवसायी देवेन्द्र भण्डारी, मेनपार स्राेत व्यक्ति याेगेश उप्रेती, प्राध्यपक गिता अधिकारी र विनाेद तिमल्सिनाले सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार