दुग्ध सहकारी संस्थाको भवन शिलान्यास

नयाँ बुलन्द

इलाम : इलाम दुग्ध सहकारी संस्था लिमिटेड इलामको इलाम नगरपालिका-२ स्थित ताराकुटीमा निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको छ । जिल्ला पशुसेवा विभागका पूर्व महानिर्देशक डाक्टर प्रल्हाद सापकोटाले भवनको शिलान्यास गरे ।

इलाम दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष पर्शुराम सापकोटाको अध्यक्षता र पुर्व निर्देशक सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय इलामका प्रमुख वरिष्ठ चिकित्सक पशुपति ढुङगाना, उन्नति परियोजना इलामका प्रतिनिधि केशव सिलवाल, इलाम एफएमका प्रतिनीधि दिवाकर भण्डारी, इलाम दुग्ध सहकारी संस्था इलामका पूर्व अध्यक्ष पुण्यप्रसाद सिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संचालक समितिका सदस्य केदार थापाले स्वागत मन्तव्य राखेका थिए । इलाम-२ स्थित ताराकुटLमा संस्थाले खरिद गरेको ४ आना जग्गामा उन्नती परियोजनाको सहयोगमा दुग्ध संस्थाको भवन निर्माण हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार