लिम्बू विद्यार्थी मञ्चको अध्यक्षमा बेघा

नयाँ बुलन्द

इलाम : लिम्बू विद्यार्थी मञ्चको अध्यक्षमा फिपराज बेघा निर्वाचित भएका छन् । इलामको बाँझोस्थित माङसेबुङमा आइतबार सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट बेघा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

महाधिवेशनले बेघाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति निर्वोध निर्वाचित गरेको हो । समितिका बरिस्ठ उपाध्यक्षमा नितेश सिङघक र  महिला उपध्यक्षमा दीपा लक्सम निर्वाचित भएका छन् ।

उपाध्यक्षहरुमा बुद्ध थाम्सुहाङ, जिवन थलङ, जलन आङ्बुहाङ, धनेन्द्र जबेगु र अभिसेक माबो निर्वाचित भएका छन् । महासचिवमा सुवास खुदाङ रउपमहासचिवमा उत्सव सम्बाहाङ्फे र ज्वाला इम्बुङ निर्वाचित भए । सचिवहरुमा सन्ध्या फियाक, मिक्सो सेर्मा, योबाहाङ तुम्बाहाम्फे र कोषाध्यक्षमा विक्रम सेर्मा चयन भएका छन् ।

सदस्यहरुमा प्रदिप नेयोङ, जितेन साउदेन, मधु केरुङ, रामकुमार लिम्बू, ममता लावती, आइतमाया सेरेङ, राजेश इवाहाङ, अरुन लाबुङ, प्रबिन सेलिङ, बुद्दी लिम्बु, सेरसिङ, सेमि तुम्बापो, दमन्ता साम्बा, मनकुमार योङ्हाङ, सारदा मादेन, टुनाहाङ चोङ्बाङ, ताराबिर मरोहाङ, इन्दु पालुङ्वा चयन भएका छन् ।

‘मातृभाषामा व्यवहारिक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान’ भन्ने मूल नाराका साथ आयोजित महाधिवेशनको उद्घाटन किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङदेनले गरेका थिए ।

महाधिवेशनमा प्रस्तावित लिम्बुवानका झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा जिल्लाहरुका साथै उपत्यकाबाट समेत गरि साढे तीन सय बढि लिम्बू विदयार्थी प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार