नयाँ बुलन्द : नेपालकी चर्चित नृत्यङ्गगना टेरिया मगर भारतको चर्चित टेलिभिजन कलर्सको रियालिटी शो झलक दिखला जा की बिजेता बन्न सफल भएकी छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार डान्स इन्डिय डान्सकी पूर्व बिजेता टेरियाले टप थ्रीमा पर्न सफल प्रतिस्पर्धीहरु सलमान युसुफ खान र सन्तनु महेश्वरीलाई हराउँद झलक दिखला जा मा पनि बाजी मार्न सफल भएकी हुन् ।
झलक दिखला झा को नवौँ सिजनमा प्रतिस्पर्धा गरेकी उनले डान्स इन्डिया डान्सपछि उत्कृष्ट प्रदर्शन गर्दै लाखौँ भारतीय माझ आफूलाई अब्बल सावित गर्न सफल भएकी हुन् । टेरियाले यसअघि सन् २०१४ मा डान्स इन्डिया डान्स लिटिल मास्टरको उपाधि चुमेकी थिइन् । लाखौँ भारतीयले समर्थन गरेका सन्तनुका लागि टेरियाको जित स्तब्ध बनाउने समाचार भएको छ ।
टेरियाले पछारेकी सलमानबारे प्रशंसा गर्दै उनलाई उत्कृष्ट डान्सर र कोरियोग्राफरको संज्ञा दिँदै प्रशंसा समेत गरेकी छन् । टेरिया र उनका तीन प्रतिस्पर्धीबीचको फाइनल प्रतिस्पर्धाको जजकारुपमा फराह खान, सलमान खान र ज्याकलिना फर्नान्डेज रहेका थिए ।