कविता (खोला)

चेतन आङथुपो, चुलाचुली

त्यतिवेला कृषकको गुनासाे
बगर संग, खाेला संग थिएँन्छ
यतिबेला गुनासो
बर्खामा उर्लिने बाढी संग छ ।
यहि बर्खाले
यहि बाढीले
त्यहि जमिनलाई खाेला बनायाे
त्यहि कृषकलाई किनार बनायाे
हिउँदाे नलाग्दै सुकिजाने बगर बनायाे
बनाउने क्रममा :
किनारै- किनार
बगरै- बगर
बाकुलाे  बस्ती बसायाे
अाेईलेनि जग्गाकै व्यावपार बढायाे
रै पनि
कृषकहरूलाई  खुसी छैन
बर्षियाैँ देखि
यहि खाेलाले मलिलाे सपना बगायाे
अझैँ बगाई रहेछ,
अार्गनिक अादिवासि संस्कृति
अादिवासि समाधि उठेकाे भुमि
बगाउने क्रममा :
जमिनकाे सतह गहिरिन्दैँछ
कृषककाे छातिमा
पहिराे खस्दै जाने पाखा निर्माण हुँदैछ
यहिँवेला
काँसका भुवाहरूले
हिउँदमा अन्तिम हर्षउलास उडाई रहने छ
त्यसैले,
खाेलाका
बगरका
ढुङ्गा, बालुवा र पानी
कुनै समय
हरेक कृषकका चिमसे अाँखालाई
अादिम अादिवासि फुलबारी लाग्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार