पुराण कलश उद्घाटनमा जनजातिको झाँकी प्रदर्शन

विरु पापो

दानाबारी : इलामको दानाबारिस्थित गरुवा बहुमुखी क्यामपसमा नौ दिने श्रीमदभागवत महापुराण सुरु भएको छ । क्याम्पस सञ्चालन सहयोगार्थ आयोजित पुराणको कलश उद्घाटन विभिन्न जातीय सांस्कृतिक झाँकी र र्‍यालीसहित गरिएको छ ।

उद्घाटनका अवसरमा किरात याकथुङ चुमलुङ दानाबारीको आयोजनामा दानाबारी-५ मा गठित नामलिङगेन फुङवा केलाङ चुमलुङ समाजले झाँकीसहित केलाङ (च्याब्रङ नाच) प्रस्तुत गरेको छ । सहभागरुहरुद्वारा कलश यात्रामा लामसाम केभोपा केलाङ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अन्य जातीय संस्थाहरुले पनि आआफ्नो जातीय पहिचानका झाँकीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा उराउ मुन्डा, नेवा देव दबु, नेपाल तामाङ घेदुङले सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए । त्यस्तै दलितहरुको नौमति बाजा र झाँकीहरु समेत प्रदर्शन गरिएको थियो । अन्य जातिको भने साँस्कृतिक भेषभुषा मात्रै प्रदर्शन गरिएको थियो । ब्राम्हण क्षेत्रीको भने कनै संस्कृति प्रदर्शन गरिएन ।

कार्यक्रमको कलश उद्घाटन प्रमुख अतिथी राप्रपा नेतृ तथा व्यवस्थापिका संसदका सांसद लिला श्रेष्ठले पानसमा दियो बत्ती बाले गरेकी थिइन्  । क्याम्पस सञ्चालन समितिका अध्यक्ष भक्त लुङ्गेलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीय राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कलश यात्रा माइखोला हुँदै सितलु बजार र शुकबारे बजार परिक्रमा गरी पुराण स्थलमा आई समापन भएको थियो । पुराणको उद्घाटन व्वस्थापिका संसदका सांसद सुर्य वाला राईबाट भएपश्चाच कथा कथा वाचनतर्फ लागिने जनाईएको छ ।आदिवासी जनजातिहरुको झाँकीको नेतृत्व किरात याक्थुङ चुम्लुङका समेत अध्यक्ष रहेका नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिरु पापोले गरेका थिए भने महासंघका सदस्य ओलकृष्ण शेर्मा, चुम्लुङका सल्लाहकार राजेन्द्रहाङ  तुम्बापो र मोहन नेम्बाङको उपस्थिति रहेको थियो ।

सबै तस्विर : विरु पापो/दानबारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार