नयाँ बुलन्द
गीतकार गीता पालुङ्वाको एल्वम हाङनेइल्ले २ भीत्र संग्रहित गीत ‘नाना नाना हङकङ नाना’ को भिडियो सार्वजनिक भएको छ ।
गीता पालुङ्वाको शव्द तथा गायक ब्रबिम शेर्मा र गायिका सन्जु सुहाङ लिम्बू आवाजमा रहेको यस गीतको भिडियो बुधवार एबी किरात म्युजिकको युट्युबच्यानलमार्फत सार्वजनिक भएको हो ।
भिडियोमा अभिनय गीतकार पालुङ्वा र गायक शेर्माको रहेको छ भने निर्देशन खगेन्द्र पन्धाकले गरेका हुन् । ललितपुरको लेले, कान्तिपुर कोलनी लगायत स्थानमा भिडियोे छायाङ्कन गरिएको थियो । हाङ्नेइल्ले भीत्रको अर्को स्टारैफेरी कठैबरी बोलको पालामको पनि छायाङ्कन सम्पन्न भईसकेको छ । पालमको निर्देशन भने लोकेन सांबाले गरेका छन् ।
हङ्कङमा रहेर लिम्बू गीत,संगीत तथा संस्कृति जगेर्ना अभियानमा तल्लिन गीतकार पालुङ्वाले आफूले पृथक काम गर्न खोजेकाले श्रोता, दर्शकले रुचाउने अपेक्षा रहेको बताईन् । प्रवासमा रहेका आफ्ना प्रेमिलाई लिम्बूवान भूमिबाट प्रेमिकाले सम्झिएको सन्दर्भलाई भिडियोमा उतारिएको छ । गायक शेर्माले भने, ‘गीतको शब्द पनि पृथक छ यसकारण पनि श्रोता दर्शकले रुचाउनेमा म विश्वस्त छु ।’
लिम्बू गीत, संगीतको व्यवसायिकतामा पनि यस गीतले थप बल पुग्ने गायक शेर्माको विश्वास छ । एल्वम हाङनेइल्ले २ चांडै वजारमा आउने गीतकार पालुङ्वाले जानकारी दिइन् ।