गजल

रुद्र अनमोल

यति धेरै मायाँ ग’रेनी टाढा छु उ संग,
एउटै भेल संगै त’रेनी टाढा छु उ संग ।

सायद चाहेरनी कहिले संगै हुंदैनौं अब
जति जति नजिक स’रेनि टाढा छु उ संग ।

बाँच्नै सक्दिन थें म, जो संग टाढीएर,
आज बाँच्ने रहर म’रेनि टाढा छु उ संग ।

सम्झी रहेको त छैन, भूलनै नसकेर हो,
मन भरि उनकै याद भ’रेनि टाढा छु उ संग ।

मेरो जस्तै मन पोल्दोहो सायद उसको पनि
आज दुबैको आँशु झ’रेनि टाढा छु उ संग ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार