दानाबारीमा ‘खोजी सुरक्षित भविष्यको’ मञ्‍चन

चेतन आङ्थुपो

दानाबारी : राष्ट्रपति चुरे कार्यक्रम चुरे संरक्षण अभियान अन्तरगत इलामको दानबारीमा नाटक ‘खोजी सुरक्षित भविष्यको’ मञ्चन गरिएको छ ।

दानावारी-१ सित्तली स्थित कन्काइ बहुमुखी क्यामपसको प्राङगणमा नाटक मञ्चन गरिएको हो । सावेवामञ्च नेपाल जेमी जुनतारा इलामको आयोजना र चुलाचुली रंगमञ्च सहआयोजनामा नाटक मञ्चन गरिएको हो ।

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ नारा रहेको उक्त नाटकमा वन जंगल विनासको कारण खानेपानीको श्रोत सुक्नाले आइपर्ने समस्यालई देखाइएको छ ।

चौकीदार र आरावल बीचको धारामा पानी कम आउको बिषयमा विवाद सुरू भएपछि वन जंगल विनासको मुख्य तस्करीको भुमिका क-कस्को हुन्छ भन्ने दर्शकलाई प्रश्न गर्दै नाटकले कचहरीमा पुगेर नाटक अन्त्य हुने नाटक निर्देशक/परिकल्पनाकार मानङ लावतीले बताए ।

उक्त नाटकमा मानङ लावती, रमिता राई, रञ्जित शंकर, नरमाया आङदेम्बे, जेम्स लिम्बु, सन्तोस गिरी, विवेक खतिवडा, सन्देस राई, प्रविन मगर, संयोग योङहाङले अभिनय गरेका थिए । आयोजक प्रमुख नकु वान्तवाले मासिकरूमा राष्ट्रपति चुरे वन संरक्षण अभियान निरन्तर दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार