पुरस्कार वितरण गर्दै तीन दिने कृषि मेला सम्पन्न

तीन दिने कृषि मेलामा परस्कार  ग्रहण गर्दै किसान उत्कृष्ट किसान
तीन दिने कृषि मेलामा परस्कार ग्रहण गर्दै किसान उत्कृष्ट किसान

याम माबोहाङ लिम्बू

इलाम ः उत्कृष्ठ कृषकलाई पुरस्कार वितरण गर्दै कृषि विकास कार्यालय इलामको तीन दिने कृषि मेला आज   (मंगलबार) सम्पन्न भएको छ । प्रर्दशनिमा राखिएका उत्कृष्ठ बालीका चालिस किसान पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा खाद्यान्न बाली अन्तर्गत प्रकाश थापा, रुपनारायण प्रसाई, विवेक अधिकारी र गोमा चौहान छन् । दलहन तथा तेलहन बाली तर्फ बल बहादुर चौहान, निर्मला प्रसाई, गोपाल थापा, विष्णुमाया चौहान रहेका छन् । तरकारी बाली काउली समूहबाट बाल कुमार राई, छयारछयारे कृषक समूह, सुनिता घिमिरे र प्रबेश राई पुरस्कृत भएका छन् । तरकारी बाली लहरे समूह तर्फ हेम प्रसाद दाहाल, वेदनिधि काफ्ले, प्रेम कुमार राई र बालकुमार राई रहेका छन् ।

यस्तै तरकारी बाली अन्य समूहमा सर्मिला राई, बाल कुमार राई, वेद प्रसाद रिजाल, र सूर्य कुमार रिजाल पुरस्कृत भए । फलफूल बालीको सुन्तला जातको तर्फबाट टिपमाया लामिछाने, मनिन्द्र याख्खा, खम्बासिंह खड्का र तुङ्गनाथ निरौला रहेका छन् । फलफूल अन्य समूह तर्फ तारामणी सापकोटा, हरित गृह कृषि समूह र चन्द्र बहादुर चौहानलाई पुरस्कृत भए । आलु तथा कन्दमुल उत्पादन तर्फ रुपेश आर्चाय, निश्चल पोखे्रल, रेनुका दाहाल र रविन आर्चाय रहेका छन् ।

प्रर्दशनीमा राखिएका नगदेबाली तर्फ योगेश पौडेल, बालकुमार राई, दिलनाथ आर्चाय र विष्णु प्रसाद फूएल पुरस्कृत भए । यस्तै माछा समूहमा राजकुमार लिम्बू, चन्द्र बहादुर चौहान, छलिमाया ढुङ्गाना र मदन राई रहेका छन् । कृषि मेलाको विविध विषय तर्फ लिला भट्टराई, बसन्त घिमिरे, रुद्र दाहाल र उत्तम खतिवडा क्रमश प्रथम, द्धितिय, तृतिय र सान्तवना भई पुरस्कार प्राप्त गरको कृषि विकास कार्यालय इलामका कृषि प्रसार संयोजक रविकिरण अधिकारीले बताए ।

कृषि मेलामा सहभागी भई प्रथम हुनेलाई दश हजार, द्धितियलाई सात सय, तृतिय हुनेलाई पाँच सय र सान्त्वनालाई तीन सय गरि जम्मा २७ हजार पाँच सय पुरस्कार वितरण गरेको कार्यालयले जनाएको छ । यस्तै मेलामा सहभागी स्रोह्र जनालाई न्यू कृषि बीच भण्डार इलामका तर्फबाट स्प्रेयर र स्प्रीङ्कल सौजन्य प्रदान गरिएको छ ।

जिल्ला विकास समितिका निमित स्थानीय विकास अधिकारी ओम राज ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, कृषि अनुसन्धान केन्द्र जौबारीका प्रमुख तथा वरिष्ठ बैज्ञानिक केशव श्रेष्ठ, वरिष्ठ कृषि विकास अधिकृत रामसोगार शाह लगायतले पुरस्कार वितरण गरका थिए ।

किसानले उत्पादन गरको कृषि उत्पादनको प्रर्दशनी गरी बजारिकरणमा सघाउ पुर्याउने उद्देश्यले गरिएको कृषि मेलामा खाद्यान्न बाली तर्फ धान, मकै, गहँु, कोदो, जौँ, फापरलगायतका उत्पादन राखिएको थियो । त्यस्तै दलहन तथा तेलहनतर्फ भटमास, मुसुरो, चना, बोडीलगायतका उत्पादन प्रर्दशन गरिएको बताइएको छ ।

नगदेबालीमा अलैँची अदुवा, जुट, उखु प्रर्दशन गरिएको थियो । लहरेबालीमा फर्सी, काक्रो, घिरौँला, स्कुस लौका र काउली समूहमा काउली, ब्रोकाउली, बन्दा र अन्य तरकारी बालीमा भने मुला रायोको साग, गाँजर, ब्रोकाउली राखिएको थियो । सुन्तला जातका फलफूलमा सुन्तला जुनार, निबुवा, कागती , लगायत थिए । अन्य फलफूलमा मेवा, अम्बा, केरा किबी देखाइएको थियो । र आलु तथा कन्दमुलमा आलु, ओल, पिडालु, बन आलु, ग्राउण्ड एप्पल र माछा प्रदर्शनीमा राखिएको थियो । प्रर्दशनीमा पाँच सय पचास वढीले अवलोकन गरको कार्यालयले जनाएको छ ।

आवश्यकता पहिचान गरेर सेवा दिनुपर्नेः किसानको आवश्यकता पहिचान गरेर सार्वजनिक सेवा प्रदायक संस्थाले सेवा दिनुपर्ने आज (मंगलबार) इलाममा आयोजित कार्यक्रमका बत्ताले बताएका छन् । उनिहरुले कृषि विकास कार्यालय इलामले आयोजना गरको तीन दिने कृषि मेला समापन समारोहमा बोल्दै यस्तो बताएका हुन ।

किसानलाई बजारमुखी र जीवन निर्वाहमुखी उत्पादनका लागि आवश्यक सेवा दिन सके मात्र किसानको आम्दानी बढाउने सकिने बताउँदै उत्पादनको बजार राज्यले खोजि दिन आग्रह समेत गरे । किसानले उत्पादन गर्छन्, उत्पादनले बजार पाएको छैन । उनिहरुले भने ‘प्रर्दशनी मेला जस्तै बजारको मेला पनि लाउनुपर्छ । जुन किसानको लागि आम्दानी लिने आधार बन्छ ।’

सेवा प्रदायक संस्थाले भने कृषक आफैले उत्पादनका लागि चासो लिएर बजारमुखी उत्पादन गर्न सुझाव राख्दै जीवन निर्वाहमुखी उत्पादन गर्न किसानलाई आग्रह गरे । उनिहरुले किसानले कृषि पेशालाई व्यवसायीकरण गर्नु जोड दिदै बजार हेरेर व्यवसाय छनौट गर्न समेत सुझाए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, निमित्त स्थानीय विकास अधिकारी ओम राज ढुङ्गाना, बरिष्ठ कृषि विकास अधिकृत राम सोगारथ शाह, कृषि विकास अधिकृत प्रकाशमणी काफ्ले, किसान लिला भट्टराई लागयतले बोलेका थिए । कार्यक्रम निमित्त स्थानीय विकास अधिकारी ओमराज ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार