कृषि मेला समापनमा उत्कृष्ठ किसान पुरस्कृत

याम माबोहाङ लिम्बू

इलाम : उत्कृष्ठ कृषकलाई पुरस्कार वितरण गर्दै कृषि विकास कार्यालय इलामको तीन दिने कृषि मेला सम्पन्न भएको छ । प्रदर्शनीमा राखिएका उत्कृष्ट बालीका चालिस किसान पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेमा खाद्यान्न बाली अन्तर्गत प्रकाश थापा, रुपनारायण प्रसाई, विवेक अधिकारी र गोमा चौहान छन् । दलहन तथा तेलहन बाली तर्फ बल बहादुर चौहान, निर्मला प्रसाई, गोपाल थापा, विष्णुमाया चौहान रहेका छन् । तरकारी बाली काउली समूहबाट बालकुमार राई, छ्यारछ्यारे कृषक समूह, सुनिता घिमिरे र प्रवेश राई पुरस्कृत भएका छन् । तरकारी बाली लहरे समूह तर्फ हेमप्रसाद दाहाल, वेदनिधि काफ्ले, प्रेमकुमार राई र बालकुमार राई रहेका छन् ।

यस्तै तरकारी बाली अन्य समूहमा शर्मिला राई, बालकुमार राई, वेदप्रसाद रिजाल र सूर्यकुमार रिजाल पुरस्कृत भएका छन् । फलफूल बालीको सुन्तला जातको तर्फबाट टिपमाया लामिछाने, मनिन्द्र याख्खा, खम्बासिंह खड्का र तुङ्गनाथ निरौला रहेका छन् । फलफूल अन्य समूह तर्फ तारामणी सापकोटा, हरित गृह कृषि समूह र चन्द्रबहादुर चौहानलाई पुरस्कृत भए । आलु तथा कन्दमुल उत्पादन तर्फ रुपेश आर्चाय, निश्चल पोखे्रल, रेनुका दाहाल र रविन आर्चाय रहेका छन् ।

प्रर्दशनीमा राखिएका नगदेबाली तर्फ योगेश पौडेल, बालकुमार राई, दिलनाथ आर्चाय र विष्णुप्रसाद फूएल पुरस्कृत भए । यस्तै माछा समूहमा राजकुमार लिम्बू, चन्द्रबहादुर चौहान, छलिमाया ढुङ्गाना र मदन राई रहेका छन् । कृषि मेलाको विविध विषय तर्फ लिला भट्टराई, बसन्त घिमिरे, रुद्र दाहाल र उत्तम खतिवडा क्रमश प्रथम, द्धितिय, तृतिय र सान्तवना भई पुरस्कार प्राप्त गरको कृषि विकास कार्यालय इलामका कृषि प्रसार संयोजक रविकिरण अधिकारीले बताए ।

कृषि मेलामा सहभागी भई प्रथम हुनेलाई दश हजार, द्वितियलाई सात सय, तृतिय हुनेलाई पाँच सय र सान्त्वनालाई तीन सय गरि जम्मा २७ हजार पाँच सय पुरस्कार वितरण गरेको कार्यालयले जनाएको छ । यस्तै मेलामा सहभागी सोह्र जनालाई न्यू कृषि बीज भण्डार इलामका तर्फबाट स्प्रेयर र स्प्रीङ्कल सौजन्य प्रदान गरिएको छ । जिल्ला विकास समितिका निमित स्थानीय विकास अधिकारी ओमराज ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, कृषि अनुसन्धान केन्द्र जौबारीका प्रमुख तथा वरिष्ठ वैज्ञानिक केशव श्रेष्ठ, वरिष्ठ कृषि विकास अधिकृत रामसोगार शाह लगायतले पुरस्कार वितरण गरेका थिए ।

नगदेबालीमा अलैँची अदुवा, जुट, उखु प्रर्दशन गरिएको थियो । लहरेबालीमा फर्सी, काक्रो, घिरौँला, स्कुस लौका र काउली समूहमा काउली, ब्रोकाउली, बन्दा र अन्य तरकारी बालीमा भने मुला रायोको साग, गाँजर, ब्रोकाउली राखिएको थियो । सुन्तला जातका फलफूलमा सुन्तला जुनार, निबुवा, कागती, लगायत थिए ।

अन्य फलफूलमा मेवा, अम्बा, केरा किबी देखाइएको थियो । र आलु तथा कन्दमुलमा आलु, ओल, पिडालु, वन आलु, ग्राउण्ड एप्पल र माछा प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा पाँच सय पचास बढीले अवलोकन गरेको कार्यालयले जनाएको छ ।

आवश्यकता पहिचान गरेर सेवा दिनुपर्ने

किसानको आवश्यकता पहिचान गरेर सार्वजनिक सेवा प्रदायक संस्थाले सेवा दिनुपर्ने मंगलबार इलाममा आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।

उनीहरुले कृषि विकास कार्यालय इलामले आयोजना गरको तीन दिने कृषि मेला समापन समारोहमा बोल्दै यस्तो बताएका हुन् । किसानलाई बजारमुखी र जीवन निर्वाहमुखी उत्पादनका लागि आवश्यक सेवा दिन सके मात्र किसानको आम्दानी बढाउने सकिने बताउँदै उत्पादनको बजार राज्यले खोजी दिन आग्रह समेत गरे ।

किसानले उत्पादन गर्छन्, उत्पादनले बजार पाएको छैन । उनिहरुले भने ‘प्रर्दशनी मेला जस्तै बजारको मेला पनि लाउनुपर्छ । जुन किसानको लागि आम्दानी लिने आधार बन्छ ।’ सेवा प्रदायक संस्थाले भने कृषक आफैले उत्पादनका लागि चासो लिएर बजारमुखी उत्पादन गर्न सुझाव राख्दै जीवन निर्वाहमुखी उत्पादन गर्न किसानलाई आग्रह गरे । उनीहरुले किसानले कृषि पेशालाई व्यवसायिकरण गर्नु जोड दिदै बजार हेरेर व्यवसाय छनौट गर्न समेत सुझाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार