गजल

raj-dhamala
राज धमला, साकफारा इलाम

बारम्बार फाेन गरेँ, वास्ता गरेनाै
माया गर्दै छेउमा सरेँ, वास्ता गरेनाै ।

समय बदलियाे, यात तिमी बदलियाै
भेट्न भनी गाउँमै झरेँ, वास्ता गरेनाै ।।

धाेका दियाै कि खै,पिराेलिँदा सम्झनाले
अाधा बाचेँ अाधा मरेँ, वास्ता गरेनाै ।।।

मायाकाे सागरमा ,बगेँ अनि बग्दै जाँदा
वारि देखि पारी तरेँ , वास्ता गरेनाै ।।।।

हर्षले निदाउँला, भन्छु तिताे यादहरु
पीडा बनी अाउला भरे, वास्ता गरेनाै ।।।।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार