गजल

Image may contain: 1 person
अतित स्पर्श, इलाम

तिम्राे माया नपाउने म, अाफुलार्इ अभागी भन्न मन लाग्छ
अझै पनि तिम्राे माया मागी हिड्ने जाेगी बन्न मन लाग्छ ।

सारा असल नियत बेचे मैले, बेचबिखनकारी बनिएर
तिम्रै माया पाउन अाफुलार्इ नै बेचिदिने ठगी बन्न मन लाग्छ ।।

पागलप्रेमी नाम दिलाएर बाेलाउने उपनामहरु धेरै छन् मेरा अाजकाल
तिम्रै निम्ति एक कलेजाे सुम्पिएर अाफैँ राेगी बन्न मन लाग्छ ।।।

धुम्रपान र मध्यपान गर्न सिके मैले तिम्राे माया नपाएरै
मासुमंस मात्र किन तिम्राे लागि जे नी खाने भाेगी बन्न मन लाग्छ ।।।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार