प्रकाश स्याङ्बो
जीर्मले : अलैँची कच्चा डाँठ भएको बनस्पति अन्तर्गत पर्दछ,बिशेषगरी अलैची सामुन्द्रिक सतहबाट ७०० देखी २२०० मिटर सम्मको उचाईमा र ८ डिग्री सेल्सियस देखी २२ डिग्री सेल्सियस सम्मको तापक्रममा दोमट माटो साथै बार्षिक १५०० देखी ५००० मिलिमिटर बर्षा हुने सेपिलो, भिरालो ठाउमा हुने गर्दछ। अलैची घरेलु मसला तथा बिभिन्न औषधी निर्माणको बिषेश तत्व भएकोले निकै महत्वपुर्ण बनस्पतिको रुपमा मानिन्छ।
अलैचीको प्रजातिहरुमा डम्मरसाई, रामसाई, चिवेसाई, गोलसाई, राम्ला,साउने आदि पर्दछ भने अहिले नेपालमै निकै नाम चल्न सफल भएका नयाँ जातको अलैंची जसलाई पहिले पाखे अलैंची भनिन्थ्यो भने व्यवसायीक रुपमा यसले चर्चा पाउन थाले पछि अलैंची बिकाश कार्यालय फिक्कल इलामले जिर्मले जात भनेर नयाँ जात नामकरण गरेको हो। अरू जातको अलैंची विशेष गरी सिमसार अनि भिरालो जमिनमा मात्र राम्रो फस्टाउने गर्दछ अर्थात् प्रशस्तै पानी पुग्न सक्ने चिस्यान जमनमा बाँच्ने गर्दछ। तर यो जिर्मले जातको अलैंचीलाई हल्ला चिस्यान रहन सक्ने र राम्रोसँग सिचाइ गर्न सकिने ठाँउ जहाँ समुन्द्र सतहबाट ७०० देखी ११०० मिटर सम्मको उचाईको हावापानी एकदमै उत्तम मानिन्छ ।
जिर्मले जातको अलैंची सर्वप्रथम इलाम जिल्ला जिर्मले गा.वि.सा वडा नं ०३ सलकपुरको श्री बुद्ध सिङ्ग स्याङ्बो ले भारतको दार्जिलिङको धुसेनी भन्ने ठाँउबाट पाखे अलैंची भनेर भित्राएका हुन्। उहाँले उक्त अलैंची आफ्नै बारी पुच्छरमा रहेको सिमसारमा रोपेको उहाँले बताउनुहुन्छ तर उक्त समयमा परम्परागत खेतीमा ब्यस्त रहने हुँदा त्यो अलैंची त्यही सिमसारमा १०/१५ झ्याङमा सिमित भयो। पछिल्लो समयमा उक्त अलैंचीको बिरुवा सोही गाँउको अर्को कृषक पासाङ वाईबाले पाङ्ग्रे पाखा बारीको चियाबारी मास्दै अलैंची थप्दै बिस्तार गरेका हुन्, त्यसपछि पासाङ वाइबाले उक्त अलैंची बाट मनग्ये आम्दानी गरेको छर-छिमेक तथा अन्य किसानहरूले बुझ्दै गएपछि बिस्तारै बिस्तारै सलकपुर तीन नम्बर पुरै छायो अनि बिस्तारै गाँउबासी नै उक्त अलैंची खेतीमा आकर्षित भएका हुन्। अहिले आएर उक्त अलैंची सलकपुरमा मात्र सिमित नभइ नेपालको विभिन्न ठाँउमा जस्तै तेह्रथुम,धन्कुटा, गोर्खा, बाग्लुङ, रोल्पा,भोजपुर लगायतका जिल्लामा बिस्तार भइसकेका छन् ।
यसरी नयाँ प्रजातिका जिर्मले(पाखे) अलैंची व्यवसायीक रुपमा बिस्तार भए संग सगै संचार माध्यममा पनि निकै छाएको छ। तर प्रचारप्रसारका नाममा पत्रकार मित्रहरुले वास्तविकताको जरो सम्म पुग्न नसकेर हो या त चर्चामा नल्याउन केही पौंचमा रहेका किसानहरुले वास्तविक दवाएर हो स्थानियहरुले जान्दाजान्दै पनि अलैंची भित्राएका सन्दर्भमा भने गलत प्रचारप्रसार पनि गरेका छन्।
बि.स. २०४५ साल तिर भारतको गोर्खाल्
यान्ड आन्दोलन हुँदा त्यहाँका जन्ता नेपाल भागेर आँउदा अलैंची पनि संगै लिएर आएका अनि फैलिएका भन्ने झुटो कहानी जस्तो कुरा प्रचारप्रसार भए तर अन्धाधुन्ध हावदारीमा कलम चलाउने पत्रकारीतालाई राम्रो झापड हान्दै जिर्मलेको रम्भ्याङमा सकृय आधिकारिक सामाजिक संस्था नमुना विकास केन्द्रको गहिरो अनुसन्धानले बल्ल पाखे अलैंची भित्र्याउने पहिलो कृषकलाई फेला पारे। त्यसपछि सीमा प्रसासन कार्यलय साखा पशुपतिनगर इलामको अधिकृत यज्ञ प्र.निरौला ज्यूको प्रमुख अतिथि सहित भेला जम्मा भइ जिर्मले गाँउ विकास समितिको कार्यलयमा बुद्धसिङ्ग स्याङ्बोलाई खोल्सोको कालो सुन भनेर चिनिने अलैंचीको नयाँ प्रजाति जिर्मले (पाखे) नेपालमा भित्र्याएर अहिले व्यवसायीक रुपमा बिस्तार भएकोले बि.स.२०७२ साल कार्तिक २० गते एक कार्यक्रम गरी नगद रु ५००० सहित प्रमाण पत्र दिएर सम्मान समेत गरिएको थियोे।
–सलकपुर सेरोफेरोबाट




















































