चेतन आङ्थुपो
चुलाचुली : इलामको चुलाचुलीमा “गाउँमा रंगमञ्चः सम्भावना र चुनौती” सम्बन्धी एक दिने नाट्य विमर्श कार्यक्रम सम्पन भएको
छ ।
चुलाचुली–४ तीनकुने पोखरी सिमसार क्षेत्रमा भएको कार्यक्रमलाई “नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान” काठमाण्डौलें आयोजना गरेको थियो । उक्त कार्यक्रममा गाउँमा रहेर नाटक गर्नु पर्दाको समस्याहरु माथि रंगकर्मीहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा संगीत तथा नाटय विभागका सदस्य सचिव गणेश रसिक, प्राज्ञहरु कोमल निरौला, राम धामी, खेम नेपाली झोराहट नाट्यशालाका अध्यक्ष तथा रंगकर्मी भरत गुरागाई लगायतले गाउँमा रहेर रंगकर्ममा लाग्नु ठूलो चुनौती रहेको वताए, भने संचारकर्मी एबिसी न्युज टेलिभिजनका कमन देवान, कान्तिपुरकर्मी पर्वत पोर्तेलले संचारकर्मीहरुको दृष्टिमा नाटक के हो भन्ने विषयमाथि बोलेका थिए, उक्त कार्यक्रममा कविहरु राज कुमार सुब्बा अश्निचित, याम थुलुङ, असोक बस्नेत लगायतले रचना बाचन समेत गरेका थिए ।
चुलाचुली रंगमञ्चले व्यवस्थापन गरेको उक्त कार्यक्रममा चुलाचुली रंगमञ्चका नयाँ कलाकारहरुले स्वतन्त्र विषयमा नाटक मञ्चन गरेका थिए । रंगकर्मी मानङ लावतीले परिकल्पना गरेको नाटकमा कलाकारहरु जेम्स लिम्स लिम्बु रञ्जित शंखर, प्रविन मगर, निर माया आङदेम्बे, शेखर लामगादे, अप्सरा हिङमाङ र सन्तोस गिरीले अभिनय गरेका थिए, भने कार्यक्रम नेपाल संगीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तथा नाटक विभागका संयोजक रमेश रञ्जन झाको संयोजकत्वमा सम्पन्न भएको थियो ।