ईपीएस परीक्षामा ३ हजार ५ सय १७ नेपाली परीक्षार्थी उत्तीर्ण

देवेन्द्र सम्बाहाम्फे
सोल : रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सातौं संस्करणको परीक्षाफल प्रकाशित भएको छ । कोरियाको मानव संशाधन विकास सेवा (एचआरडी) ले आज सार्बजनिक गरेको नतिजा अनुसार ३  हजार ५ सय १७ नेपाली परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित गरेको परीक्षाफल अनुसार औद्योगिक उत्पादन क्षेत्रमा १ हजार ३ सय ६६ जना  र कृषि क्षेत्रमा २ हजार १ सय ४० परिक्षार्थी उत्तीर्ण भएका हुन् ।

परीक्षा कार्यक्रम सार्वजनिक गर्दा एचआरडीले ३ हजार १ सयलाई मात्र उत्तीर्ण गराइने जनाएको भए पनि  ४ सय १७ जना परीक्षार्थी बढी उत्तीर्ण गराएको हो । उत्तीर्ण भएकाहरु सन् २०१७ को कोटामा  कोरिया आउन  पाउने छन् ।

गत असार ४ र ५ गते काठमाडौं १८ र पोखरामा ३ गरी २१ केन्द्रमा सातौं परीक्षा सम्पन्न भएको थियो । सो परीक्षामा  ५७ हजार १ सय ५९ जनाले परीक्षा दिएका  थिए भने  ६० हजार ६ सय ६ जनाले आवेदन भरेका थिए । आवेदन र परीक्षा दिनेको संख्या धेरै भए पनि  उत्तीर्ण हुनेको संख्या ज्यादै न्यून रहन्दै आएको छ ।

ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बास्तोलाले उत्तीर्ण उमेरद्वारहरुको स्वास्थ्य परीक्षण,स्कील टेस्ट र रोजगार आवेदन दर्ता लगायतको प्रक्रिया दशैं अगावै सक्ने गरि कोरिया सरकारसँग समन्वय भईरहेको जनाए ।

नेपाली कामदारप्रति कोरियाली सरकार र रोजगारदाता सकरात्मक रहेका कारण तोके भन्दा बढि उमेरद्धार उत्तीर्ण भएको बांस्तोलले जानकारी दिए । ईकान्तिपुरसँग फोनमा बोल्दै बास्तोलाले भने, ‘कोरिया सरकारको सबै इन्डिकेटरमा नेपाल एक्सलैन्ट छ ।’

कोरियाको साना तथा मझौला उद्योगहरुमा अदक्ष कामदार पठाउन नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा हालसम्म सात  पटक सञ्चालन भएको छ । ईपीएसको ७ वटा संस्करणमा कूल २ लाख ६२ हजार जना भन्दा बढीले परीक्षा दिएका छन् ।

नेपाल र कोरियाबिच सन् २००७ को जुलाई २३ मा ईपीएस सम्बन्धी सम्झौता भएपछि २००८ मा पहिलोपटक परीक्षा सञ्चालन भएको थियो । पहिलो परीक्षामा ३१ हजार ५ सय २५ सामेल थिए भने ६ हजार ७ सय ८६ उत्तीर्ण भएका थिए ।

कोरियाको अध्यागमन विभागले जनाएअनुसार नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) लागु भए यता ४० हजारभन्दा बढी नेपाली युवा रोजगारीका लागि कोरिया आएका छन् ।

परीक्षाको नतिजा इपीएस नेपाल डट जिओभी डट एनपीमा हेर्न सकिन्छ ।

-इकान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार