एमाले इभाङ्गको अध्यक्षमा खड्का निर्वाचित

नयाँ बुलन्दUML

इभाङ्ग : नेपाल कम्युनिष्ट पार्टी (एमाले) इभाङ्को १३ औं गाउँ अधिवेशनबाट अध्यक्षमा मित्रकुमार खड्का निर्विरोध निर्वाचित भएका छन् । शनिबार इभाङ्ग ६ चतुरेमा सम्पन्न अधिवेशनले दुई वर्षका लागि खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ गाउँ कमिटि गठन गरेको छ ।

सर्वसम्मत चयन भएका कमिटिका उपाध्यक्षमा हस्तराज लिम्बू, सचिव राजकुमार योङ्हाङ र सहसचिव नरेश देवान चयन भएका छन् ।

सदस्यहरुमा याम बुर्जा, याम लिम्बू, धनकुमार आङ्देम्बे,  राजकुमार राई, बलवीर लिम्बू, अमृत राई, चन्द्रकुमारी राई, तिर्थ लिम्बू, रामबहादुर लिम्बू, बुद्धराज नेपाली, सीता राई, सुनिता राई, कमला राई, दुर्गा खुलाल, मिरा बस्नेत, थिरकुमारी राना रहेका छन् ।

अधिवेशनमा केन्द्रमा जस्तै दुई गुट देखिएको थियो । संस्थापन पक्षबाट खड्का र नेता माधवकुमार नेपाल पक्षबाट क्षेत्रीय सदस्य मैतराज राईले अध्यक्षको दावी गरेका थिए । अध्यक्षका लागि दुई जनाले दावी गरेपछि अबरसम्म सहमतिको प्रयास गरिएको थियो । अन्तिम समयमा राईले खड्कालाई समर्थन गरेपछि खड्का सर्वसम्मत अध्यक्षमा चुनिएका थिए ।

अधिवेशन नेकपा एमाले जिल्ला कमिटि इलामका सदस्य जयप्रकाश राइको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षातामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार