चेतन आङ्थुपो
चुलाचुली : विश्वव्यापीकरणमा ग्रामीण सौर्न्दर्यको खोजी नारा सहित स्थापित चुलाचुली रंगमञ्चले पुस्तकालय व्यवस्थापन सहयोगार्थ नाटक मञ्चन गर्ने भएको छ । रंगमञ्चले आगामी जेठ २४ र २५ गते ‘देवाङ्सी राजा’ नामको नाटक मञ्चन गर्न लागेको रंगमञ्चका अध्यक्ष केशर भुजेलले जानकारी दिए ।
चुलाचुली-५ स्थित ‘देउराली सामुदायिक सभाहल’ मा नाटक मञ्चनको तयारी भईरहेको आयोजकले जनाएको छ । नाटकमा दुर्इ सय ५० दर्शकहरु सहभागी गर्राईने बताईएको छ ।
परम्परादेखि मान्दै आएका धामीझाँक्रीलाई आधुनिक समाजले रुढीवादी सोच्न थालेको विषयलाई आधार बनाएर निर्मित ‘देवाङ्सी राजा’ नाटकले दैविक शक्ति भएका विजुवाहरु समाजमा कसरी अपत्यारिलो बन्छन् त ? भन्ने घटनालाई चरित्र व्यासमा प्रस्तुत गरिने निर्देशक अनिल सुब्बाले बताए ।
नाटकको लेखन चेतन डरले गरेका छन् । उनले करिब चार महिना समय खर्चेर स्क्रिप लेखन गरेका थिए । नाटकलाई गाउँ स्तरमा व्यवसायिक तरीकाले मञ्चन गर्न नसकिने भएपछि नयाँ पुस्ता (विद्यार्थी) लाई दर्शक केन्द्रित गरेर मञ्चन गर्न लागिएको निर्देशक सुब्बाको भनाई छ ।
लगातर डेड महिना रिहर्सल गरिरहेको नाटकको अन्तिम भईरहेको छ । रंगमञ्चले नाटक निर्माणको क्रममा स्थानीय स्रोत, साधानको प्रयोग गरी र विभिन्न संघ/संस्थाहरुसँग सहकार्य गरेको थियो ।
यस अघि ‘किपोट’, ‘सुविउ चरी’ नामको नाटक मञ्चन गरिसकेको चुलाचुली रंगमञ्चको लाईट सेटमा यो तेस्रो प्रस्तुती हो । नाटकमा कलाकारहरु अनिल सुब्बा, रमिता र्राई, केशर भुजेल, मानङ लावती, रञ्जित शंखर, निर माया आङदेम्बे, जेम्स लिम्बु, अप्सरा हिङमाङ्, सञ्जय लाम्गादे, सन्तोस गिरी, शेखर लाम्गादे, बलराम खतिवडा, शरण जवेगुलगायतले अभिनय गरेका छन् । सुत्रधारमा चेतन डरको अभिनय देखिने छ ।
यो नाटक राष्ट्रिय नाटक महोत्सवका लागि समेत छनोट गरिएको छ । उक्त नाटक टोली २८ जेठमा दोलखकामा जाने निश्चित भएको रंगमञ्चले जनाएको छ ।