
प्रकाश प्रवेश योङहाङ, थर्पु पांचथर (हाल प्रवाश)
कुन देशको सविधान, बनेको छ चक्का जामले
जनतलाई पीडामात्र, थपेको छ चक्का जामले
बिहान बेलुका छाक टार्न, ढिकीजातो गर्नेलाई
दर्न्दीएर ज्वालाले झै, पोलेको छ चक्का जामले
गरिबका उत्साह अनि, जोशहरु सबै जलाएर
पल पलको खोक्रो ईतिहास, बोकेको छ चक्का जामले
सन्तानले दुख पाए पछि, आमाको आँखाबाट
अबिरल आँसु मात्र, झारेको छ चक्का जामले
बन्ध हड़तालहरु, सबै रोकेर सहमति गरअब
किनकि देश टुक्राउनु, आंटेको छ चक्का जामले


















































