इलाममा ‘बाटोमुनिको फूल २’ प्रदर्शन

राम योङ्हाङ
bato muniko ful

इलाम : सामाजिक परम्परा, दलित समुदायले समाजमा भोग्दै आएका अन्याय, अत्याचारमा आधारित नेपाली कथानक चलचित्र ‘बाटोमुनिको फूल २’ को बिहीबार इलाममा प्रदर्शन गरिएको छ ।

गायक तथा नायक यशकुमारद्वारा प्रस्तुत सो चलचित्र गौतमबुद्ध सभागृह इलाममा प्रदर्शन गरिएको हो । इलाम नगरपालिका-४ गोलाखर्क भञ्ज्याङस्थित राहसल वाल अनाथालय सहयोगार्थ प्रदर्शित सो चलचित्र शनिबार र आइतबार पनि प्रदर्शन गरिने जनाइएको छ ।

छुवाछुत प्रथाको अन्त्य तथा सामाजिक, राजनीतिक परिवर्तनको लागि यथार्थ कथा बोकेको चलचित्र बिहीबार दुर्इ पटक प्रदर्शन गरिएको थियो । पहिलो सो विहान साढे १० बजेदेखि र दोश्रो सो दिउँसो साढे २ बजे गरिएको थियो । साथै अहिले साँझ ५ बजेदेखि तेस्रो सो प्रस्तुत हुने तयारी भएको चलचित्र निर्माता कम्पनी रिदम् फिल्मस् प्रालिले जनाएको छ ।

पहिलो दिन चलचित्र निर्माता स्वयम् यशकुमार नै उपस्थित हुने भएकाले दर्शकले हल खचाखच भएको थियो । उनले विभिन्न सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

सो चलचित्र गत १० वैशाख मा रिलिज भएको थियो । रिलिज भएलगत्तै फिलिमको बारेमा विभिन्न प्रतिक्रिया सगै देशका विभिन्न जिल्लाका चलचित्रहलहरुमा हाउस फुल नै भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार