इलाममा ‘बाटोमुनिको फूल २’ प्रदर्शन हुने

bato muniko ful

राम योङ्हाङ

इलाम : छुवाछुत प्रथाको अन्त्य तथा सामाजिक, राजनीतिक परिवर्तनको लागि यथार्थ कथा बोकेको नेपाली कथानक चलचित्र ‘बाटोमुनिको फूल २’ विषेश च्यारिटि सो इलाममा हुने भएको छ । गायक तथा नायक यशकुमारद्वारा प्रस्तुत सो चलचित्र आगामी जेठ १३, १५ र १६ गते गौतमबुद्ध सभागृह इलाममा प्रदर्शन हुन लागेको हो ।

इलाम नगरपालिका-४ गोलाखर्क भञ्ज्याङस्थित राहसल वाल अनाथालय सहयोगार्थ च्यारिटी सो गर्न लागिएको चलचित्र निर्माता कम्पनी रिदम् फिल्मस् प्रालिले जनाएको छ । च्यारिटी सो दिनको दुर्इ पटक गरिनेछ । पहिलो सो विहान साढे १० बजेदेखि र दोश्रो सो दिउँसो साढे २ बजे हुने आयोजकले जनाएको छ ।

यतिबेला इलाममा बाटो मुनिको फुल २ को प्रचारप्रसार तीब्र पारिएको छ । पहिलो दिन १३ गते चलचित्र निर्माता स्वयम् यशकुमार नै उपस्थित हुने भएका छन् । उनको विशेष सांगीतिक प्रस्तुती समेत हुने जनाईएको छ । जातीय समानताको आवज उठाउँदै कहिले गीत, संगीत त कहिले अभिनयमा खुलेर सामाजिक कुसंस्कार र अन्धविस्वासको विरुद्ध बोल्ने यशकुमारको भव्य स्वागतको तयारी गरिएको छ ।

सामाजिक परम्परा, दलित समुदायले समाजमा भोग्दै आएका अन्याय, अत्याचारलाई कथामा मुख्य रुपमा समेटिएको बाटो मुनिको फुल २ गत १० वैशाख मा रिलिज भएको थियो । रिलिज भएलगत्तै फिलिमको बारेमा विभिन्न प्रतिक्रिया सगै देशका विभिन्न जिल्लाका चलचित्रहलहरुमा हाउस फुल नै भएको छ ।

उक्त चलचित्रलाई दलितहरुको विभिन्न संघसंस्थाहरुले पनि सकरात्मक रुपमा लिदैं सहयोग र हौसला समेत दिएका छन् । आफ्नो परिचय खुलेर दिदैं जातीय भेदभाव विरुद्ध समाजको यथार्थ चित्रण गरेका यशकुमार दलितका विभिन्न संगठनहरुबाट देशका विभिन्न क्षेत्रबाट सम्मानित समेत हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार