नयाँ बुलन्द

इलाम : पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेस र एमाओवादीलाई एमालेले आफूसँगै हिँडाउन आवश्यक रहेको बताएका छन् ।
क्रान्तिको पाटो सकिएकाले नयाँ संविधान कार्यान्वयन गर्दै बहुदलीय जनवादको परिकल्पनाअनुसार समाजवादतर्फ उन्मुख हुनुपर्ने उनले बताए। सदरमुकाममा सोमबार सुरु नेकपा एमालेको जिल्ला परिषद् बैठकमा उनले नयाँ संविधानले जनताका माग सम्बोधन गरेको बताए। ‘केही अप्ठ्यारा, असजिला ठाउँ भए सुधार गरेर जान सकिन्छ,’ उनले भने। पार्टीभित्र गुटबन्दी सकिएकाले अब एमाले एकढिक्का भएर देशकै ठूलो शक्तिका रूपमा आएको दाबी गरे।
कार्यक्रममा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मदन–आश्रितको स्मृति दिवस मनाइरहँदा पनि देश मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’कै थाप्लोमा टेकेर हिँडिरहेको बताए। संविधान निर्माणमा देशले ७० वर्ष खर्चिएको भन्दै उनले अबको समय आर्थिक विकासमा ऊर्जाशील रहेको बताए।
गतवर्षको भूकम्पबाट इलाममा पनि ठूलो क्षति भएको तर पीडितले राहत नपाएको बताउँदै नेता नेम्बाङले आगामी ६ गते बस्ने मन्त्रिपरिषद् बैठकमा क्षतिको विवरण प्रस्तुत गर्ने जानकारी दिए। ‘हामी केन्द्रमा बसेर निरन्तर जिल्लाको विकास र सहयोगमा छौं। इलाममा त्यसैअनुरूप विकास निर्माणका पूर्वाधार बनेका छन्। तर, त्यसको चर्चा छैन। आफूले गरेका कामको प्रचारै गर्न सकेका छैनौं। बरु यसको जस अरूले लिँदैछन्,’ उनले भने।
एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको २३औं स्मृति दिवस अवसरमा आयोजना गरिएको परिषद्मा एमाले मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सिंगो इलामको विकास–निर्माणका योजनालाई केन्द्रीकृत गर्दै केन्द्रीय बजेटमा पार्ने किसिमको नीति पारित गर्न आग्रह गरेको नागरिक न्यजमा खबर छ । एमाले केन्द्रीय सदस्य देवराज घिमिरेले एमालेलाई सहयोग गर्ने पुराना योद्धाको सम्मान गर्नु आवश्यक रहेको बताए। कार्यक्रममा एमाले जिल्ला अध्यक्ष राम रानाले पार्टीको सांगठनिक तथा सचिव महेश बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।