मुलुक नव निर्माणको युगमा : खनाल

jn khanal

याम माबोहाङ लिम्बू

इलाम : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका
वरिष्ठ नेता झलनाथ खनालले मुलुक नव निर्माणको युगमा अगाडि बढेको बताएका छन् । उनले आईतबार इलाममा मूर्तिकार विष्णुप्रसाद श्रेष्ठको एकल मूर्तिकला प्रर्दशनीको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

‘हामी लोकतान्त्रिक गणतन्त्रको युगमा आएका छौं । यसले सबैलाई स्वतन्त्रता र समानतामा ल्याई पुर्‍याएको छ । उन्मुक्त वातावरणको सृजना गरेको छ’ उनले भने ‘यसले सबै क्षेत्रको विकासको वातावरण निर्माण भएको छ ।’

नेता खनालले सुखी नेपाली समृद्ध नेपाल बनाउनुपर्ने भन्दै भने ‘अब मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लानुपर्छ । यसमा हामी सबै लाग्नुपर्छ ।’ वरिष्ठ नेता खनालले इलामे कलाको सम्मान गर्दै, यसको संस्थागत विकास गर्न सकेको खण्डमा कला साहित्यको विकास गर्न सहयोग मिल्नेमा जोड दिए ।

उनले इलाममा सुरु भएको मूर्तिकार विष्णुप्रसाद श्रेष्ठको एकल मूर्तिकला प्रर्दशनीको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार