सेल्सले भित्ते पत्रिका सुरु गर्‍यो

vitte patrikaस्पर्श अतित योङ्हाङ

इलाम : सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस सोसाइटी अफ इङ्गलिस लिटरेचर स्टुडेन्ट (सेल्स) ले  भित्ते पत्रिका प्रकाशन सुरु गरेको छ ।

पत्रिकाको पहिलोे अङ्क आईतबार एक कार्यक्रम गरी लोकार्पण गरिएको छ । पत्रिकाको लोकार्पण क्याम्पस प्रमुख राजेन्द्र कुँवरले गरेका थिए । यसैबीच सोही कार्यक्रमको अवसरमा सलिना राईकाे एकल चित्रकला प्रदशनी समेत गरिएको छ ।

ल्सका अध्यक्ष अर्जुन योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा अङग्रेजी विभाग प्रमुख चेवनप्रसाद दुलाल, अङग्रेजी विभागका सदस्य दिपेन्द्र दुलाल, राजेन्द्र बराल, दिपक लुङ्गेली, तीर्थ निरौला, फाेरम फर द अफ इङ्गलिस अध्यक्ष नविन ओली , चित्रकार सलिना राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे सञ्चालन सल्सका सचिव डिसव कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार