मधेसी मोर्चाद्वारा सिंहदरबार घेराउ, माइतीघर मण्डलाक्षेत्रमा तनाव

अ‌गद ढकाल

काठमाडौं : राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गरिरहेका छन् । सिंहदरबार घेराउ गर्न जाँदै मोर्चा कार्यकर्ताले माइतीघर नजिकै एक सरकारी गाडीको सिसासमेत तोडफोड गरेका छन् । माेर्चाकाे घेराउ कार्यक्रमले माइतीघर मण्डला क्षेत्रकाे सवारी अावगमन प्रभावित भएकाे छ । निषेधित क्षेत्र ताेड्न खाेज्दा केहीबेरदेखि माेर्चा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी परेकाे छ ।

आफ्नो पूर्व घोषित कार्यक्रमअनुसार मोर्चाले हिजो राजधानीमा प्रदर्शन गरेको थियो ।

आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै नयाँ संविधान घोषणा हुनु पूर्वदेखि मधेसी मोर्चा तराईका जिल्ला केन्द्रित आन्दोलन गर्दै आएको थियो । मोर्चाले साउन ३० बाट थालेको आमहड्ताल ६ महिना र असोज पहिलो साताबाट गरेको सीमा नाकावन्दी ५ महिना चलेको थियो ।

 

मोर्चाले सारेको ११ बुँदे मागलाई थप विस्तार गरी गठबन्धनको २६ बुँदे माग सरकारलाई बुझाएको छ ।

पछिल्लो पटक मोर्चामा आवद्ध ७ र अन्य जनजाति सहितका दलहरु सहित २९ दलको गठबन्धन निर्माण गरे आन्दोलनलाई राजधानी केन्द्रित बनाउन खोजिएको हो ।

इकान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार