संम्वृद्धिको लागि संविधान कार्यान्वयन जरुरी : खनाल

12354-20160514160213.jpgनयाँ बुलन्द

झापा : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानले सबै खाले विभेदलाई हटाएको बताएका छन् ।

शनिबार युवा संघ नेपाल झापाले संगठनको २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संविधानमा उल्लेख भएका अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयमा लैजान एकजुट हुनुपर्ने उनको धारणा थियो । लोकतान्त्रिक, प्रतिशील, देशभक्ति र समाजवाद उन्मुख संविधान  निर्माण भएको भन्दै उनले थपे,‘ विश्वकै नमूना संविधान नेपालमा बनेको छ ।’

पार्टीको पूर्व अध्यक्ष समेत रहेका खनालले हालसम्मका प्राप्त उपलब्धिलाई ठीक ढङ्गले संस्थागत गर्न नसके जनक्रान्तीको उपलब्धि गुम्ने खतरा रहेको  औंल्याए । मुलुक सम्वृद्धिमा जानको लागि नयाँ राजनीतिक संस्कार, सामाजिक पद्धत्ति र परिकल्पनाको संविधानले मार्ग प्रशस्त गरेको उनको भनाइ थियो । मुलुकको गरीबी, बेरोजगारी, अविकास र निरक्षरता हटाएर संम्वृद्धिमा जान संविधान कार्यान्वयनको विकल्प नरहेकोमा नेता खनालको जोड थियो ।

युवा संघ नेपाल झापाका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनी बोल्दै थिए ।
कार्यक्रममा झापा आन्दोलनका योद्धा र २०४५ साल अघिका नेकपा एमालेका  एक सय भन्दा बढी पार्टी सदस्यहरुलाई एकसाथ अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा अभिनन्दितहरुको तर्फबाट अगुवा पत्रकार चन्द्र भण्डारीले आफ्ना विचारहरु राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार