संघीय गठवन्धनद्वारा सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

samghiya-ghathabandan-aandolan
नयाँ बुलन्द

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

samghiya-aandolan-2
शान्तिवाटिकाबाट सुरु भएको गठवन्धनको प्रदर्शन भद्रकाली, सहिदगेट, सुन्धारा, न्युरोड, असन हुँदै भोटाहिटीसम्म पुगेको थियो । प्रदर्शनका क्रममा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले सरकार विरोधी नारा लगाएका थिए । उनीहरुले संविधानलाई प्रतिगामी भन्दै पहिचानसहितका प्रदेश नबनाइएसम्म संविधान स्वीकार नगर्ने बताए ।

गठबन्धनले पहिचानसहितका प्रदेश सुनिश्चित गर्नका लागि दवाब दिन भन्दै आइतबारदेखि सिंहदरबार घेराउको कार्यक्रम राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार