क्रान्तिकारी माओवादी पुनर्गठनको घोषणा, वैद्य हटाइए

एमाओवादीसँग पार्टी एकता गर्ने औपचारिक निर्णय

नयाँ बुलन्द 
काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले रामबहादुर थापा ‘बादल’को नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गरेको छ ।

KIRAN-AND-BADAL-FINALशनिबार बसेको बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने निर्णयसमेत गरेको छ ।

वैद्य माओवादीको १९९ सदस्यीय केन्द्रीय समितिमध्ये बादल पक्षका १३० जना सदस्यहरु आजको बैठकमा सहभागी थिए ।

वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरे पनि सफल नभएपछि बादल पक्षले.एकताको निर्णय गरेको हो ।

केन्द्रीय सदस्य रामदिप आचार्यले अनलाइनखबरसँग भने, ‘वैद्यलाई निस्कासन गरिएको पनि छैन, कारबाही गरिएको पनि होइन । केन्द्रीय समितिको बहुमतको निर्णय अनुसार बादलको संयोजकत्वमा एकता प्रक्रिया अघि बढाइनेछ ।’

आचार्यले बैठकले एकता सम्बन्धि प्रस्ताव पारित गरेको र अब पार्टी एकताका लागि वार्ता र छलफललाई तिव्रता दिइने बताए । उनका अनुसार बादल नेतृत्वको पुनर्गठित केन्द्रीय समितिको बैठक आइतबार बोलाइएको छ ।

एकीकृत नेकपा माओवादीको शनिबारै बसेको केन्द्रीय समितिको बैठकले बिभिन्न माओवादी पार्टीहरुसँग एकता गर्ने निर्णय गर्दै अध्यक्ष प्रचण्डको नेतृत्वमा एकता समिति गठन गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार