गजल    

Prakash younghang
प्रकास प्रवेश योङहाङ थर्पु, पाँचथर (हाल-प्रवास)

चोटमै छ गीत भने, मलाई सधै चोट देउ

पीडामै छ प्रीत भने, मलाई सधै पीडा देउ

 

आकाश जस्तो गर्जने, मेघको रुखो आवाज के गर्नु

झरनामै छ संगीत भने, मलाई सधै झर्न देउ

 

निराश जीवन हुन्छ भने, चाट्नमै कति दिन बस्नु

पग्लिनुमै छ मजा मलाई, सधै पग्लन देउ

 

परेली पनि नबीज्ने, छिप छिपे पानीमा म के खोजौ

गहिराई मै छ मोती भने, मलाई सधै डुब्न देउ

 

थर्पु, पाँचथर

हाल : प्रबास

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार