सिंहदरबार घेर्न अधिकतम जनपरिचालन : अशोक राई

Ashok-Rai-650x471नयाँ बुलन्द 

काठमाडौं : संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले ‘सिंहदरबार घेराऊ’ कार्यक्रममा सत्तासिन पक्षले दमन नीति लिइरहेकाले अधिकतम जनपरिचालन गरिने जनाएका छन् ।

केही दिनदेखि सत्तासिनले सिंहदरबार वरिपरि बढी संख्यामा प्रहरीलाई सडकमै आन्दोलन दबाउन तालिम दिइरहेकाले नेता राईले हजारौं संख्यामा जनपरिचालन गरी आन्दोलनलाई निष्कर्षमा पु¥याउने जिकिरसमेत गरे ।

‘सत्तासिन आन्दोलन दबाउने मानसिकतामा छन्,’ बुधबार आफ्नो पार्टीको जनपरिचालन समितिद्वारा आयोजित बैठकमा राईले भने, ‘हामीले हजारौंको जनसंख्या उपस्थित गराई सरकारी षड्यन्त्र निस्तेज पार्नुपर्छ ।’

नेता राईले राजनीति शान्तिपूर्ण र अहिंसात्मक युद्ध भएकाले संघर्षबाट कोहीपनि पछि हट्न नहुने बताए । साथै, उनले उत्पीडित समुदायले आफ्नै नेतृत्वमा पहिलोपटक सिंहदरबार घेरा हाली सत्तासिनलाई दबाब दिन लागिपरेको जिकिरसमेत गरे ।

‘नेपालको राजनैतिक इतिहासमै पहिलो पटक उत्पीडित समुदायले आफ्नो नेतृत्वमा आन्दोलन गरिरहेका छन्,’ उनले जोड दिए, ‘यस आन्दोलनले ऐतिहासिक उपलब्धी दिनेमा सबै विश्वस्त हुनुस् ।’

नेता राईले मधेस आन्दोलनले संविधान विभेदकारी रहेको कुरालाई विश्वसामू सन्देश गइसकेकाले अबको आन्दोलनले सत्तासिनहरुको चेत खुल्ने विश्वाससमेत व्यक्त गरे । उनले प्रतिपक्षमा रहेको कांग्रेसले आफूहरुलाई सत्ता संघर्षको निम्ति आफूहरुलाई हातमा लिन खोजेपनि संविधान पुनर्लेखनको सन्दर्भमा सकारात्मक नरहेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार