ताप्लेजुङमा असिना, लाखौँको क्षति

 

12255-20160511112801.jpg

नयाँ बुलन्द

ताप्लेजुङ : मंगलबार दिउँसो वर्षासँगै परेको असिनाले ताप्लेजुङको पश्चिमी दुई गाविसमा कृषकले लगाएको नगदे तथा अन्न बालिमा लाखौँको क्षति पुर्याएको छ ।

पश्चिमी सावा र लिवाङ गाविसको अधिकाँस वडामा दिउँसो ३ बजेबाट करिब एक घण्टा परेको असिनाले मुख्य नगदे बालि अलैची, मकै, आलु, जौँ र गहुँ नष्ट गर्दा लाखौँ मुल्य बराबरको क्षति भएको सावा गाविसका स्थानीय लाक्पा छेतेन शेर्पाले बताए ।

भर्खरै उम्रिएको मकै र आलु असिनाले नष्ट गरेकाले पुन रोप्नुपर्ने अबस्था आएको छ भने पाक्न लागेको गाहुँ र जौँसमेत सखाप हुँदा यो वर्ष यस क्षेत्रमा खध्यन्न अभाव हुने सम्भावना रहेको लिवाङका स्थानीय प्रविन शेर्पाले बताए ।

ताप्लेजुङमा पानी सँगै बारम्बार असिना पानी आए पनि असिनाले पुर्याएको क्षतिको विवरण जिल्ला कृषि विकास कार्यालयले संकलन तथा सार्वजनिक गरी कृषकहरुलाई राहत तथा अनुदानको व्यवस्था नगरेको कृषकहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार