गजल

sundar kurup
सुन्दर कुरुप चुलाचुली

म हिड्ने बाटोभरी भीरहरू बनाँउदैछौ
सायद, मलाई उन्नै होला झीरहरू बनाँउदैछौ
तिमी महान चित्रकार हौ,ओ ! मेरो प्रिय दुःख
र त मेरो यति सुन्दर तस्बिरहरू बनाउँदैछौ
धन्य छौ ओ ! युद्ध तिमी धेरै धन्य छौ
आहा!कति भोका कंकाल शरीरहरू बनाँउदैछौ
मलाई पनि थाहा छ तिमी यति ब्यस्त छौ कि
सधै मैले भोग्नु पर्ने पीरहरू बनाँउदैछौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार