‘संविधानले पुनःआन्दोलन गर्न बाध्य बनाएको छ’

सुजाता सुनुवार

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघका महासचिव तथा व्यवस्थापिका संसद पेम्बा भोटेले अधिकार र अवसरको लागि आदिवासी जनजातिलाई पुनः आन्दोलन गर्न बाध्य बनाएको बताएका छन् । उनले सुनुवार सेवा समाजको ९ औं राष्ट्रिय सम्मेलन काठमाण्डौंमा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

‘जारी संविधानले आpemba sahit sunuwar]दिवासी जनजातिलाई अवसर दिएको छैन’ भोटेले भने ‘हामीले एक पटक राज्यसँग हाम्रो अधिकार र अवसरका लागि आग्रह गर्नु पर्छ । सुनुवाई नभए आन्दोलन गर्न तयार हुनपर्छ ।’ ‘राज्यले आ दिवासी जनजातिलाई संविधान अधिकार नदिएर आन्दोलन गर्न बाध्य बनाएको छ । अहिलेकै संविधानलाई पुर्नलेखन गरेर आदिवासीलाई समेत अपनत्व दिन आग्रह गरे ।’

कार्यक्रममा विभिन्न जातीय संगठनका प्रतिनीधिले आदिवासी आधिकार संविधानले नै ग्यारेन्टी गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा सुनुवार समुदायको विभिन्न क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय सुनुवार खेलाडि वेदबहादुर सुनुवार, उपेन्द्र सुनुवार, भावना सुनुवार र गोमा सुनवारलाई सम्मान गरिएको छ । उनीहरूलाई दोसल्ला ओडाएर सम्मान–पत्र समेत प्रदान गरिएको थियो ।

समाजले बैशाख १२ को भूकम्पमा ज्यान गुमाउने सुनुवार परिवार सहयोग दिएको छ । पीडित परिवारलाई प्रति परिवार दश–दश हजारका दरले एक लाख राहत सहयोग दिइएको समाजको निर्वतमान केन्द्रिय सदस्य उत्तमकुमार सुनुवारले जानकारी गराए ।

यस्तै उत्कृष्ट इलाम जिल्ला शाखालाई समेत प्रमाण पत्र सहित सम्मान गरेको थियो । सुनुवार समुदायकै अपाङ्ग, पछाडि परेका, राज्य पाउनु पर्ने सुविधा विमूख परिवारलाई पनि सहयोग गरेको छ । विभिन्न गाविसका परिवारलाई तीन लाख ५० हजार राहत वितरण गरिएको छ । मनप्रसाद सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा सुनुवार जातिको विभिन्न सांस्कृतिक झाँकी समेत प्रर्दशन भएको थियो ।

सम्मेलनको अवसरमा नेपालको १२ जिल्ला शाखा तथा पाँच प्रवास शाखाको सहभागीता रहेको थियो । नेपालमा १२ जिल्लाका २७ गाविसमा सुनुवारहरूको वसोवास रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार