‘जीरे खुर्सानी’का विनोदको ढाड भाँचियो

binod kc

नयाँ बुलन्द

काठमाडौं :  विभिन्न चलचित्र एवं टेलिचलचित्र मार्फत दर्शकलाई हँसाउदै आएका कलाकार विनोद केसी गम्भिर घाइते भएका छन् । आफ्नै घरमा शौचालय जाने क्रममा लडेका केसीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ । सुगरका कारण केसी शौचालय जाने क्रममा बेहोस भएर ढलेका थिए भने केहि समयपछि मात्रै परिवारका सदस्यले थाह पाएका थिए ।

हाल ग्राण्डी अस्पतालमा उपचार गराईरहेका केसीको ढाड भाँचिएकाले ढाडको अप्रेशन गर्नुपर्ने उनको परिवारका सदस्यले बताएका छन् । ढाडको हड्डी फ्याक्चर भएर नशा च्यापिएकाले हिडडुल गर्न सक्दैनन् ।

टेलिचलचित्र ‘जीरे खुर्सानी’ लगायत विभिन्न श्रृङ्खलामा उनले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार