संगीतको माध्यमबाट समाज परिवर्तन गर्न खोज्दैछु : यश कुमार

राधेश्याम विश्वकर्मा

भैरहवा : “जातीय भेदभाव तथा छुवाछुत बिरुद्ध त कानून बनेकै छन, यसले दलित र गैर दलितको भेदभाव कम हुदैन । यसलाई हटाउन मानिसको मन परिवर्तन गर्न सक्नु पर्छ, र मैले संगीतको माध्यमबाट नेपालीको मन परिवर्तन गर्न खोजेको हुँ,” गायक तथा नायक यश कुमारले भैरहवामा एक कार्यक्रममा यसो भनिरहदा सहभागीहरुको प्रंशसा मात्र पाएनन् सकारात्मक परिवर्तनको संवाहक पनि भए ।

yash kumar
कलाकारिताको माध्यमबाट जातीय भेदभाव हटाउन तथा छेवाछुतको खाडल पुर्न महत्वपूर्ण योगदान गरेको भन्दै दलित अधिकार मञ्च, सिद्धार्थनगरले नायक तथा गायक यश कुमारलाई सम्मानित गरेको छ । कार्यक्रममा बोल्दै यश कुमारले कलाकारहरु हथियारले नभई श्रृजनाले परिवर्तनका पक्षधर भएको बताए ।

यस अघि जाती कै आधारमा आफै भेदभाव खेप्न बाध्य भए पनि आफ पार्टीगत तथा जातीगत संगठनको बिरोधी भएको भए । “मेरो पार्टी भने पनि जाती भने पनि नेपाली हो, हामी अलग भएर हैन मिसिएर जानु पर्छ,” उनले भने ।

यस अघि आफ पनि जातीकै आधारमा अलग पारिएको भए पनि अहिले भने कलाकै कारण पहिचान बनाउन सफल भएको बताए । कार्यक्रममा ‘बोल्दै बाटो मूनिको फूल–२’ की नायिका असिस्मा नकर्मीले यसै चलचित्रबाट जातीय कुरीती हटी यस फिल्मको अरु थप बनाउन नपरोस भनि कामना गरिन । उनले बाटो मूनिको फुल २ दलित समुदायले मात्र नभई सबै नेपालीले हेर्ने पर्ने फिल्म भएको बताइन् ।

दलित अधिकार मञ्च, सिद्धार्थनगरको आयोजनामा भएको कार्यक्रममा दलित अधिकारकर्मि सरोज सुनार, किस्मत बिश्वकर्मा, प्रेम कुमार सेन्चुरी, राम किशन बिश्वकर्मा हरिओम विश्वकर्मा, त्रिलोक नारायण सिंह लगायतले बोल्दै यश कुमारको चलचित्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गायक तथा नायक यश कुमार र नायिका असिस्मा नकर्मी अहिले आफुहरु अभिनित बाटो मुनिको फुल–२ को प्रचार प्रसारमा देश दौडाहामा रहेका छन । यस अघि बुटवलमा पनि सो चलचित्रको च्यारिटी शो गरिएको छ । कार्यक्रममा चलचित्रका कलाकारहरु सहभागी रहेका थिए । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार