कमब्याकपछि निखिलले फेरे ५ नायिका, कसलाई होला ‘एक्सन किङ’सम्म काम गर्दा फाइदा ?

nikhil and anu

नयाँ बुलन्द 

काठमाडौं : नायक निखिल उप्रेतीको नेपाली चलचित्र क्षेत्रमा कमब्याक भएको २ बर्षपनि भएको छ । चलचित्र रिलिजको आधार मान्ने हो भने भदौमा निखिलको कमब्याकको बल्ल एक बर्ष हुनेछ । ५ बर्षपछि चलचित्र क्षेत्रमा फर्किएका निखिलको डिमाण्ड भने दिनहुँ बढेको छ । हुनत, नेपाली चलचित्र क्षेत्रमा निर्माताले नायक-नायिकालाई चलचित्रमा लिनका लागि लामो समयसम्म नाम सोच्नुपर्ने हुन्छ । विकल्प नभएका कारण पनि यसरि कलाकार दोहोरिएका हुनसक्छन् ।

नायक निखिल उप्रेतीको हकमा हेर्ने हो भने उनले कमब्याक भएको एक बर्षमै ५ जना नायिकासँग काम गरिसकेका छन् । जसमध्ये अधिकांश उनका लागि नयाँ छन् ।
निखिलले चलचित्र ‘भैरव’मा नायिका अनु शाहसँग काम गरे । अनुसँग विवाद भएपछि ‘भैरव’ रिलिजको समयमा राम्रै स्क्यान्डल पनि भयो । चलचित्रको व्यापारले निखिललाई फाइदा भयो, तर अनु भने झनै ओझेलमा परिन् । उनी अहिले म्यूजिक भिडियोमै काम गर्न व्यस्त छिन् । यसपछि, निखिलले काम गरेको चलचित्र ‘लुटेरा’मा निशा अधिकारी नायिका भइन् । निशासँग काम गर्दा पनि समय नदिएको भन्दै निर्माता-नायिकाविच विवाद भयो । यो चलचित्र चल्दा निशालाई खासै फाइदा भएन, क्रेडिन निखिलकै पोल्टामा गयो ।

निखिलले काम गरेको तेश्रो चलचित्र ‘संरक्षण’मा अशिष्मा नकर्मी र मलिना जोशी नायिका छन् । यी दुई नायिका चलचित्र क्षेत्रमा भविष्य खोजिरहेका त छन् तर सफलता पाउन सकिरहेका छैनन् । चलचित्र भदौ २८ गतेबाट चल्नेछ ।
nikhil and benisha
निखिल हाल चलचित्र ‘किङ’मा काम गरिरहेका छन्, जसमा नायिका वेनिशा हमाल उनको जोडीको रुपमा छिन् । वेनिशा पनि चलचित्र क्षेत्रमा जमेकी छैनन् । निखिलसँग सहकार्य गर्दा उनको चर्चा वेसी नै हुनेछ । संभवत, अनु, अशिष्मा, मलिना जस्तै वेनिशाको करिअर उकालो लगाइदिने जिम्मा पनि निखिलको काँधमा छ ।
निखिलले अब अर्को चलचित्रको छायांकन पनि सुरु हुँदैछ । ‘निर्भय’ नाम गरेको चलचित्रमा निखिल र नायिका नीता ढुंगानाको जोडी जम्दैछ । यसरि, हालसम्मकै सूची हेर्ने हो भने पनि निखिलले आफ्नो चलचित्रमा नायिका दोहोर्‍याएका छैनन् ।

तर, सबै नायिकाहरु निखिलसँग काम गर्दा करिअर उभो लाग्ने सोचमा पक्कै छन् । किनकी, अनु, निशा, वेनिशा, अशिष्मा, मलिना चलचित्र क्षेत्रमा गजबले जम्न सकेका छैनन् । निखिलले काम गर्ने चलचित्र ‘राधे’मा भने नायिका दोहोरिएकी छिन् । अशिष्मा नकर्मीले ‘संरक्षण’ पछि निखिलसँग दोश्रो पटक यसमा काम गर्दैछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार