नयाँ बुलन्द
काठमाडौं : चार वर्षअघि पलेँटी उत्सवका लागि नेपाल आउँदा संगीतकार शान्ति ठटाललाई आफ्नो अन्तिम नेपाल यात्रा जस्तो लागेको थियो ।
तर अहिले फेरि उहाँ नेपालमै हुनुहुन्छ । संगीतकार ठटालले भन्नुभयो ‘फेरि नेपाल आउँछु, जस्तो लागेको थिएन । तर अहिले आउने अवसर मिल्यो । आफ्नै ठाउँमा आए जस्तो लागेको छ ।’
नेपाली चलचित्रकी पहिलो महिला संगीतकार ठटाल आइतबार काठमाडौं आइपुग्नुभएको हो । भारतको दार्जलिङमा बसेर नेपाली संगीतमा सेवा गर्दै आउनुभएकी संगीतकार ठटाल अहिले सम्मान ग्रहण गर्नका लागि काठमाडौं आउनुभएको हो । उहाँलाई सोमबार नारायण गोपाल संगीत पुरस्कारबाट सम्मानित गरिँदैछ । काठमाडौंको एक होटलमा बस्नुभएकी संगीतकार ठटालले सोमबार बिहान भन्नुभयो ‘यात्रा निकै सहज भयो । सजिलो गरेर आइपुगियो ।’
७९ वर्षको उमेरमा दार्जलिङदेखि काठमाडौंसम्मको यात्रा गर्नु सजिलो त होइन । तर उहाँलाई नेपाली माटोको आत्मियता र आफ्नोपनले रहेक पटक नेपाल आउँदा सजिलो अप्ठ्यारो जस्तोभएपनि रमाइलो लाग्छ ।
‘यो उमेरमा यात्रा गर्नु सजिलो त हुँदैन । तर नेपाली मायाले मलाई सबै अप्ठ्यारो सजिलो भए जस्तो लाग्छ ।’ उहाँले भन्नुभयो ‘त्यसमाथि मेरो त खुट्टाको समस्या छ । एक जना साथ नलागी हिँड्नै सक्दिन । तर पनि नेपाल यात्रा मलाई रमाइलो लाग्छ ।’
परालको आगो चलचित्रमा संगीत गरेर नेपाली चलचित्रमा संगीत गर्ने पहिलो महिला संगीतकार बन्नुभएका ठटालले बाँच्न चाहनेहरु, कहिले अँध्यारो कहिले उज्यालो लगायतका चलचित्रमा संगीत गर्नु भएको छ ।
संगीत कर्ममा लागेपनि आफूलाई कलाकार भन्न मन नलाग्ने ठटालको भनाई छ । उहाँले भन्नुभयो ‘गर्न मैले संगीत कर्म गरेको छु । तर म आफूलाई कलाकार भनेर चिनाउँदिन । किनकी मेरो यो कर्म हो ।’
संगीतकार ठटालले गायका तथा संगीत गरेका गीतले नेपाली कला, संस्कृति र भाषा ठूलो गुन लगाएका छन् । उहाँले संगीतकार अम्बर गुरुङको शब्द तथा संगीतमा रहेको सम्हालेर राख संगालेर राख फेरि फूल्ने होकी होइन बोलको गीत पहिलो पटक गाउनुभएको थियो ।
सन् १९३८ को अप्रिल ४ मा दार्जलिङमा जन्मिनु भएकी ठटालको संगीतमा स्वरसम्राट नारायण गोपालले गायकको एकमात्र गीत मरो कथा खाली खाली पिँजडामा खोज हो ।
उहाँले इश्वर बल्भवको गीति नाटक एउटा नीलो सूर्यास्त तथा महाकवी लक्ष्मिप्रसाद देवकोटाको कुन्जिनी र मेहन्दुमा पनि संगीत गर्नु भएको थियो । सन् १९६५ मा तत्किालिन राजा महेन्द्रको जन्मोत्सवमा गीत गाउन नेपाल आउनुभएकी ठटालले दुई सय भन्दा धेरै गीतमा संगीत गर्नु भएको छ ।