नोमिनेशनमा देश खोज्दै जाँदा

kala

नयाँ बुलन्द

नेपाली कथानक चलचित्र देश खोज्दै जाँदा दादा साहेव फालके अन्तराष्र्टिय चलचित्र महोत्सब छैटोमा दिल्लिमा अफिसियल छनौटमा परेको छ । इन्डियामा सर्बप्रथम चलचित्र उनैले भित्रयाएका हुन् । उनको बास्तविक नाम ढुंडीराज गोविन्द फालके हो जसलाई इन्डियामा सम्मान पुर्वक फादर अफ इन्डियन सिनेमा भनिन्छ ।

दुइहप्तासम्म चलेको महोत्सब उनकै जन्म जयन्तीमा अप्रिल ३० तारेख सनिवारका दिन टिबोली ग्रेन्ड होटल एन्ड रिसोर्ट देल्ली इन्डयामा एक भव्य समारोह बीच समापन भएको हो । यो दादा साहेबको एक सयौं सत्चालिस औं जन्म जयन्ती हो । पहिला पहिला दश दश बर्षमा मात्र आयोजना हुने यो फेस्टिबल केही बर्षदेखि नियमित बार्षिक रुपमा हुँदै आएको छ ।

सर्ट मुभि, डकुमेन्टी, विज्ञापन, गीतको भिडियो, एनिमेशन र फिचर विविध विधाहरु फेस्टिवलमा सहभागी रहने गर्छन् । फिचर फिल्म तर्फ नेपालबाट चलचित्र देश खोज्दै जाँदा बेस्ट एक्टर र बेस्ट चलचित्रको नोमिनेशनमा पर्न सफल भएको थियो । यसका अलावा बाजिराहो मस्तानी–इन्डिया, स्विट गर्लस–स्विजरल्याण्ड, माझी द माउण्टेन मेन–इन्डिया, मृगनभि–आसमिज, समर लिफ डफ–जापान, द पिउर हार्टेड भिलेन–तमिल, जन्जस–अर्जेन्टिना, उन हम ल मर– बेल्जियम, द रिर्टन– इरान, एडभन्चरर्स अफ अप्पु एन्ड गप्पु– युएस, मिराकल्स अफ लाइफ फोर्स– जर्मनी, दबुक– युक्रेन पनि महोत्सवमा सहभागी थिए ।

जुरीको दुइ हप्ताको निर्णयबाट संसार भरिका सात सयभन्दा बढी फिचर फिल्महरुवाट अफिसियल छनौटमा चलचित्र देश खोज्दै जाँदा चुनिएको हो । जसले बेस्ट एक्टर र बेस्ट फिल्मको गरी दुई विधामा अन्तिम प्रतिस्पर्धा गरेको हो । दुई हप्तासम्म चलेको सो फेस्टिबलमा लाइफ टाइम एचिभमेन्ट अवार्ड अभिनेता मनोज कुमार र फाउण्डेशन अवार्ड बलिउड अभिनेत्री प्रिंयका चोपडालाइ र उन्नाइस चोटीसम्म गिनिजबुकमा नाम चढाएका राम रहिम सिंहलार्ई दिइएको थियो ।

दुइ हप्तासम चलेको फिल्म फेस्बिलको अन्तिम सेमिनारमा सहभागिता जनाउन नेपालबाट कलाकार हेमन्त बुढाथोकी, पटकथाकार उपेन्द्र सुब्बा, लेखक÷निर्देशक प्रकाश आङदेम्बे र अमेरिकावाट आर्ट÷पोस्र्टप्रोडक्सन डाइरेक्टर प्रल्हाद गुरुङ आएका हुन् । चलचित्र देश खोज्दै जाँदा भूटानी शरणार्थीहरुको नेपालको शिविर बसाइको वास्तविक कथामा आधारित छ ।

हेमन्त बुढाथोकी, बाबु बोगटी,अरुणा कार्की, मिना कोइराला, एलपि जोशी, केशब आचार्य, शिव शंकर थापा, एलपि जोशी, टंक विकल्प, प्रताप सुब्बा, प्रकाश बुढाथोकी आदिले अभिनय गरेका छन् । चलचित्रको फाइनल पोस्ट प्रोडक्सनको कार्य कर्निज इफ स्टुडियो क्यालिफोर्निया युएस मा भएको हो । निर्देशकको भनाई– प्राय निर्देशकहरुले विषय बस्तु बनाउँछन तर मलाई विषयबस्तुले निर्देशक बनाएको हो ।

यो चलचित्र हाम्रो पहिलो प्रयास हो । पहिलो कार्यले नै यति ठूलो चलचित्र महोत्सवमा अफिसियल छनौट र दुई विधामा अन्तिम प्रतिस्पर्धामा आइपुग्नु पाउँदा खुशी लागेको छ । चलचित्रका सम्पूर्ण सदस्यहरु प्रति आभारी छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार