गजल

Madhu-ajit-kerung
मधु ‘आजित’ केरुङ

पानी पिएर आगो ओकल्ने योजनामा छु अचेल
पहाड पीडा छिचोल्ने योजनामा छु अचेल

शासकहरु प्याला–प्याला तातो रगत पिउँछन्
बन्दुक बनेर गोली चल्ने योजनामा छु अचेल

निमुखाको निधारमा नौलो घाम झुल्काउन
भगवानको आखा छल्ने योजनामा छु अचेल

ए ! देश अव मलाई अनागरिक भने हुन्छ
गाँउ समाज बदल्ने योजनामा छु अचेल ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार