बलिउडमा हलिउड फिल्मले सबभन्दा धेरै कमायो

The-Jungle-Bookनयाँ बुलन्द

एजेन्सी, मुम्बई : २०७३- २०१६ को पाँचौं महिनासम्म आइपुग्दा बलिउड बजारमा सबभन्दा ठूलो हिट फिल्म हलिउडको सावित भएको छ । यो पाँच महिनामा भारतीय बजारमा रिलिज भएका फिल्म मध्ये कमाइमा सबै हिन्दी फिल्ममा हलिउड फिल्म ‘जंगल बुक’ले उछिनेको छ ।
‘जंगल बुक’ले अहिलेसम्म भारतमा १ सय ७१ करोड कमाएको छ । यसपछि धेरै कमाउनेमा बलिउड फिल्म ‘एयरलिफ्ट’ छ । यसले १ सय २७ करोड कमाएको छ । यस वर्ष यी दुई फिल्मले मात्र सय करोड कमाएका छन् ।
सुपरस्टार शाहरुख खानको फिल्म ‘फ्यान’ यस अवधिमा रिलिज भए पनि यसले सय करोड पनि कमाउन सकेको छैन । ‘फ्यान’ले ८४ करोड कमाए पनि लगानी धेरै भएकाले यो फिल्म फ्लप घोषित भएको छ । बरु, सोनम कपुरले मुख्य भूमिकामा अभिनय गरेको सानो बजेटको फिल्म ‘निरजा’ले ७५ करोड कमाएर हिट भयो ।
यी बाहेक यो वर्ष अहिलेसम्म धेरै कमाई गर्ने फिल्ममा ‘कपुर एन्ड सन्स’ले ७३ करोड, ‘बागी’ले ६२ करोड र ‘कि एन्ड का’ ५१ करोड कमाइ गरेका छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार