माङसेबुङ : सरकारले देशभरका पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा र्धािमक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेको हो ।
सरकारले स्थापित तथा प्रवर्द्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने गरेर करिब दुई सय गन्तव्य पहिचान गरेको छ। जसमध्ये नयाँ गन्तव्यमात्र एक सय छन् ।
एक सय पर्यटकिय गन्तव्यमा गुरु फाल्गुनन्द सर्किट (लब्रेकुटी, गजुरमुखी धाम, लारुम्बा, चुक्चिनाम्बा) स्थानहरु पनि परेको छ ।
मन्त्रालयले विज्ञप्तिमार्पmत र्आिथक वर्ष २०७५र ७६ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको पहिचान तथा विकास गर्ने उल्लेख गरेको छ।
मन्त्रालयले विभिन्न जानकारी, सुझाव र मन्त्रिस्तरीय निर्णयबाट पर्यटकीय गन्तव्यको पहिचान गरेको उल्लेख गरेको छ। ‘विभिन्न समयमा विभिन्न निकायबाट प्रकाशित जानकारी, प्राप्त सुझावको आधारमा नेपाल सरकारको निर्णयअनुसार गन्तव्य पहिचान गरिएको छ‘, विज्ञप्तिमा भनिएको छ।