नगरको ऐतिहासिक स्थलको पूर्वाधार विकास हुँदै

  विजयबोध लावती
35 Shares

पाँचथर : ऐतिहासिक पर्यटन क्षेत्र विकास गर्न प्रदेस सरकार र फिदिम नगरपालिकाले बजेट विनियोजन गरेर सुम्हालुङ गढि यक निर्माण भइरहेको छ । विगत बर्षमा जिल्ला विकास समिति र सङ्घीय पुनसंरचनापछि प्रदेस सरकारबाट पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४ को गढिमा रहेको ऐतिहासीक सुम्हालुङ निर्माण गरिएको हो । त्यस स्थान पुग्ने सडक, सिढिमार्ग र सुम्हालुङ परीषर निर्माण गरेर संरक्ष तथा प्बर्दनको काम भएके वडा अध्यष उपेन्द्र लावतीले जानकारी दिए ।

तत्कालीन जिल्ला विकास समितिले आहालगैरीबाट सुम्हालुङ पुग्ने पदमार्ग र घेराबार निर्माण गरिएको थियो । सङ्घीय सरकारबाट आहागैरी क्याम्पस हुँदै त्यस स्थान पुग्ने दुइ किलोमिटर सडक निर्माण गरिएको थियो । पछिल्लो समय प्रदेस सरकारले वेल्फेरबाट सुम्हालुङ पुग्ने सिढि तथा रेलिङ मार्ग बनाएको छ । फिदिम नगरपालिकाको पचास लाखले सुम्हालुङको वाल तथा पदमार्ग निर्माण भएको छ । त्यस सथानमा पुरातत्व विभाग काठमाण्डौले बिसलाख रकम विनियोजन गरेर पुरातत्व सम्बन्धीकै काम गर्ने नगर प्रमुख मित्रप्रप्राद काफ्लेले बताए ।

नेपाल एकिकरण हुनु अघि पापोहाङ यक अर्थात पापोहाङ राजाले राजकाज गरेको स्थान हो । नेपालको एकीकरण गर्ने क्रममा पृथ्वीनारायण साहको फौजी लडाइ गर्दै नेपालको पूर्वतर्फm आउने क्रममा त्यस स्थानमा लिम्बुवान राज्य अर्थात नेपालको पूर्वी नौ जिल्लाहरुमा राजकाज गर्दै थिए । दस लिम्बु सत्र थुमका राजाहरुले राज्य गरिरहेको त्यसै स्थानबाट लिम्बुवान भुभाग रक्षाका लागि सुम्हालुङमा चुम्लुङ तथा सभा सम्मेलन गर्ने थलो बनाएका थिए । ऐतिहासीक रुपमा सुम्हालुङ यक भएता पनि यतिबेला त्यस स्थान ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तिनै तहको सरकारले योजनहर सञ्चालन गर्दै आएर पूर्वाधारले थप आकर्षण बनेको आगन्तुहरुको भनाइ छ ।

त्यसै स्थानमा पछिल्लो समय चासोक पर्व लक्षित गरी एक सातासम्म मेला आयोजना गरेर सुम्हालुङ दर्शन वा अवलोकन गर्ने घुइचो लाग्ने गरेको संरक्षण समितिको अध्यक्ष दिलबहादुर लावतीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार