फाल्गुनन्द गाउँपालिकामा पालिएका गाईलाई सुत्केरी भत्ता !

पाँचथर : गाईलाई पनि सुत्केरी भत्ताभन्दा अपत्यारिलो लाग्न सक्छ । तर पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. २ इम्बुङमा गाईलाई सुत्केरी भत्ता प्रदान गर्न थालिएको छ ।

फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ को कार्यालय र स्थानीय सहकारी संस्थाको प्रयासमा गाईलाई सुत्केरी भत्ता वितरण गर्न थालिएको हो ।

गाईपालक कृषकलाई पशुपालन र कृषि पेशामा निरन्तर लाग्न प्रोत्साहित गर्ने उद्देश्यले भत्ता वितरण गर्न थालिएको वडाध्यक्ष बहादुरसिंह नेम्वाङले बताए ।

पहिलो पटक २७ वटा विमित गाईपालक किसानलाई २ हजार २ सय रुपैयाँका दरले सुत्केरी भत्ता वितरण गरिएको छ ।

फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय फिक्चुखोला कृषि सहकारी संस्था लिमिटेड र उक्त वडामा पशुपालनमा सहयोग गर्दै आएको संस्था मिलन केन्द्र नेपालको संयोजनमा गाई सुत्केरी भएवापत भत्ता उपलब्ध गराउन थालिएको हो ।

इम्वुङमा गुड इभर इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा ५४ वटा र घुम्ती कोषबाट १० गरी ६४ वटा उन्नत जातका गाई पालन गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार