फाल्गुनन्दको शान, २९ किसानलाई २९ गते नै सम्मान ‘जस्ले फलाए १७५६ मुरी धान’

  युद्धबहादुर बोहोरा
371 Shares

पाँचथर:  फाल्गुनन्द गाउँपालिकाको सातौं गाउँसभा, हिउँदे अधिवेशनको अवसर पारेर धेरै धान उत्पादन गर्ने २९ जना कृषकलाई नगदसहित सम्मान गरेको छ । पालिकाले धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० पारित गरेसंगै गत मंशीर ७ गते सार्वजानिक सूचना जारी गरेको थियो । उक्त सूचनामा ५० मुरीभन्दा माथि धान उत्पादन गर्ने प्रति कृषक ३० हजार र १०० मुरीभन्दा माथि धान उत्पादन गर्ने प्रति कृषक ५० हजार नगद पुरस्कार वितरण गर्ने घोषणा गरेको थियो । किसानले पेश गरेको दावी अनुसार पालिकाको टिम उनीहरुको खेतै गएर मापदण्ड अनुसार धान नापतौलपछि जम्मा ५० देखि १०० मुरी धान उत्पादन गर्ने २७ र १०० मुरी भन्दा बढी धान उत्पादन गर्ने २ गरी २९ जना कृषक पुरस्कृत हुने सुचीमा छनौटमा परेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानजकारी दिए । उनीहरुलाई सातौं गाउँसभा,हिउँदे अधिवेशन माघ २८ सम्पन्न भएको भोलिपल्ट २९ जना कृषकलाई २९ गते नै पञ्चे बाजागाजा,ढोल,झाँकीसहित भव्य र्यालीका साथ सम्मान-पत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरिएको जनाइएको छ ।

धेरै धान फलाउने कृषकहरु १ र ५ नम्बर वडाबाट ९/९ जना, ६ र ७ नम्बर वडाका २/२ जना, २ नम्बरका ३ र ४ नम्बरका ४ जना गरी २९ जनाले १७५६ मुरी धान फलाइको पालिकाले तथ्याङ्क सार्वजनिक गरेको छ । ३ नम्बर वडा वाहेक अन्य सबै वडाबाट धान फलाउने उत्कृष्ट कृषकको रुपमा पुरस्कृत भएका छन् ।

१ नम्बर वडाका चन्द्र वहादुर ढकाल ले ५१.५ मुरी, सुकरानी चेम्जोङ ले  ५५ मुरी,भीमवहादुर नेम्बाङले ५०.५ मुरी,भक्तबहादुर कुमाल ले ५२ मुरी,मकर वहादुर तामाङले १६८ मुरी, आईत बहादुर चेम्जोङ  र  पदम बहादुर वम्जन ले ५१/५१ मुरी,मनवहादुर नेम्वाङले ५४ मुरी साथै कृष्ण कुमार नेम्वाङले ५३ मुरी उत्पादन गरेका हुन् । यसैगरी, २ नम्बर वडाका बम प्रसाद तामाङले ५५ मुरी फलाएका छन् भने रन्ज कुमार नेम्वाङ र नवीन नेम्वाङले ५४/५४ मुरी फलाए । ४ नम्बर वडाबाट धन कुमारी नेम्वाङ  र ज्ञानेन्द्र फुयलले ५३/५३ मुरी, खेल कुमार प्रधान र  विनोद नेमबाङले ५०.५/५०.५ मुरी उत्पादन गरे

त्यस्तै, ५ नम्बर वडाका भिम बहादुर चेम्जोङ, कृष्णबहादुर चेम्जोङ, भक्त बहादुर चेम्जोङ  र राज कुमारी चेम्जोङ ले ५२ मुरीको दर फलाएका छन् । कल्पना केरुङ र भुपाल सिंह चेम्जोङले ५५/५५ मुरी, ऐतमान कुरुङले ५१ मुरी, हरी चन्द्र चम्जोङले ५३ मुरी र पुर्ण कुमार चेम्जोङले ५७ मुरी उत्पादन गरेका छन् ।

वडा नम्बर ६ बाट लक्ष्मI बहादुर शेर्माले ९० मुरी र चन्द्र बहादुर गोले तमाङले ६६ मुरी साथै ७ नम्बर वडाका गणेश कुमार चेम्जोङले ११६ र मिना नेम्बाङ चेम्जोङले ५१ मुरी फलाएको पालिकाको सुचनामा उल्लेख गरिएको छ ।

अगामी दिनमा अन्य कृषि उपज बस्तुलाई पनि पुरस्कृत गर्दै कृषि प्रणालीको माध्यमबाट समृद्ध पालिका निर्माण जोड दिइने उपाध्यक्ष ठाकुरसिं नेम्बाङले जानकारी गराए । यस वर्ष पालिकाले किसानलाई सम्मान गरेसंगै राष्ट्रिय तथा देश विदेशमा चर्चा र उदाहरणिय कार्यको प्रशंसा पाएपछि पालिकाको शान बढेको पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए ।

पुरस्कृत हुने सबै कृषकलाई पालिका अध्यक्ष आङ्देम्बे,उपाध्यक्ष नेम्बाङ,प्रमुख प्रशासकिय अधिकृत तुम्रोक,कृषि शाखा प्रमुख सुगम घिमिरेसहित कार्यपालिका सदस्य,जनप्रतिनिधीहरु,कर्मचारीलगायतको भव्य उपस्थितिमा सम्मान गरिएको पालिका योजना शाखा प्रमुख निर्मल अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार