दक्षिण कोरियामा इलामेली समाजले पहिलो पटक सांगीतिक कार्यक्रम गर्दै..

  युद्धबहादुर बोहोरा
637 Shares

 

इलाम: दक्षिण कोरियामा मनाइने महान पर्व छुसकको अवसरमा इलामेली समाज दक्षिण कोरियाले पहिलो पटक सांगीतिक धमाकाको आयोजना गर्ने भएको छ । छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारीख,शनिबार सउलसिटी छुङरोगु तेहाकरो ३ खील २९ स्थित फेकजु न्यन खिन्यम ग्वानको हलमा “इलाम चियाबारी साँगीतिक धमाका २०२३”  को तयारी गरेको हो । उक्त कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारहरु एकदेव लिम्बु,प्रकाश सपुत,रचना रिमाल,पदम राई,दिपा सुहाङ,लक्ष्मण चोङ्वाङलगायत स्थानीय कलाकारको उपस्थिति रहने भएको छ । रेश्मा राईले संचालन गर्ने बेजोड प्रस्तुतीसहितको ऐतिहाँसिक बृहत साँगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक गरिसकेको र हाल ६० प्रतिशत तयारी पुरा भएको इलामेली समाज दक्षिण कोरियाका अध्यक्ष टिका थेगिमले जानकारी दिए । साँगीतिक कार्यक्रम मार्फत जुट्ने रकम जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्यसंग सम्बन्धीत सामाग्री उपलब्ध गराउने उदेश्यले आयोजना गर्न लागिएको उनले बताए । यस कार्यक्रमलाई सफल बनाउन कोरियामा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा आयोजकले यथा सक्दो सहयोगको अपिल गरेको छ ।

“सुर्योदय र हरियाली इलामेलीहरुको पहिचान,पर्यटन प्रवर्धन र समाजसेवा हाम्रो अभियान” भन्ने नारा सहित वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेपनि स्वदेशमा हुने राम्रा काम र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको लक्ष्य अनुसार सन् २०१४ मा  समाजको स्थापना गरिएको हो । संस्थाका संस्थापन अध्यक्ष हरि प्रसाद खनालपछि मन्जु लावती र दर्पण गुरुङ दोस्रो अधिवेशनमा अध्यक्ष बनेका हुन् भने यसअघिको तेस्रो अधिवेशनमा केदार निरौलाले पद सम्हालेका थिए ।

इलाम जिल्लाका करीब सात सय युवा/युवतीहरु कोरियामा कार्यरत रहेको र यस समाजले बिरामीहरुलाई उपचार सहयोग,कोरोना महामारी,दैवी प्रकोप,आपतकालीन समय सहयोग,सामाजिक सेवाको काम साथै राष्ट्रिय आविष्कार केन्द्रलाई समेत सहयोग गरेको छ । प्रवासमा रहेका नेपालीलाई चार्डपर्वमा घर जाने मौका नमिले तापनि कोरियामा नै यसपटक आफ्नो मुलुकमा मनोरन्जन गरे झैंअनुभुति दिलाउने लक्ष्यले फरक किसिमको कार्यक्रमको आयोजना गरेर रमाइलो भेटघाट हुने अवसर जुटाउने प्रयास गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार