छ पुस्तापछि मात्रै जन्मिइन् एउटा परिवारमा छोरी

  नयाँ बुलन्द
175 Shares

१ सय ३८ वर्ष  अर्थात् ६ पुस्तासम्म एउटा परिवारमा कुनै छोरी जन्मिएन भन्ने विश्वास गर्नुहुन्छ ? तर, अमेरिकामा एउटा यस्तै परिवार छ । जहाँ पछिल्ला ६ पुस्ताले दिदीबहिनी र छोरी देखेनन् ।

अब भने यो लामो प्रतीक्षा सकिएको छ । यो परिवारमा १३८ वर्षपछि छोरी जन्मिएकी छिन् ।

बालिकाकी आमाले सामाजिक सञ्जालमा आफ्नो कथा साझा गरिन्, जुन भाइरल भयो । मानिसहरूले यी नवजात बालिकालाई स्वागत गरिरहेका छन् । यसका साथै मानिसहरू यो परिवारको कथा पनि खोजिरहेका छन् ।

परिवारको अन्तिम छोरी सन् १८८५ मा जन्मिएकी थिइन्

अमेरिकाको मिशिगनमा बस्ने एन्ड्रयूको परिवारमा सन् १८८५ अन्तिम पटक छोरीको जन्म भएको थियो, जुन एन्ड्रयूभन्दा ६ पुस्ता अघिको कुरा हो । त्यसपछि यो परिवारमा छोरीहरूको खडेरी परेको थियो ।

एन्ड्रयूका पुर्खाहरुले सुरुका केही वर्षसम्म यो कुरालाई सामान्य तरिकाले हेर्‍यो । तर, पुस्तौपुस्तासम्म छोरी नजन्मिएपछि यो परिवार अलि चिन्तित भयो ।

एन्ड्र्यूको पुर्खाहरुले यसलाई आफ्नो नियतिको रूपमा स्वीकार गरे ।

एन्ड्रयूलाई पनि छोरीको आशा थिएन

परिवारको लामो इतिहास सम्झेर एन्ड्रयू र उनकी श्रीमती कार्लेनले पनि छोरी पाउने आशा त्यागेका थिए ।

यो दम्पत्तिको पहिलो सन्तान पनि छोरो नै जन्मिएको थियो । यस पटक पनि दुवैले छोरा नै जन्मिएल भन्ने ठानेका थिए । तर, छोरी जन्मिएपछि उनीहरूको खुसीको सीमा रहेन ।

छोरी जन्मिएकोमा एन्ड्रयू र उनकी श्रीमतीले पूरा परिवारका लागि शानदार पार्टी दिए ।

डेटिङ गर्दा परिवारको इतिहास सुनाएका थिए

अमेरिकी मिडियामा एन्ड्रयू र उनको परिवारको कथाबारे धेरै कुरा लेखिएको छ । यस अनुसार एन्ड्रयूले आफ्नी श्रीमती कार्लेनलाई डेट गरिरहँदा नै आफ्नो पारिवारिक इतिहासबारे जानकारी दिएको र छोरीको आशा नगर्न सल्लाह दिएका थिए ।

चिकित्सा विज्ञानअनुसार छोरा र छोरीको जन्म अनुपात ५०–५०

डाक्टरका अनुसार जब गर्भमा लिङ्ग निर्धारण हुन्छ तब छोरा वा छोरी हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ । केही मामिलामा अपवादस्वरुप तेस्रो लिङ्गी जन्मिन्छन् ।

यस्तोमा कुनै परिवारमा ६ पुस्ता अर्थात् १३८ वर्षसम्म कुनै छोरी नजन्मिनु संयोग नै मान्नुपर्ने डाक्टरहरु बताउँछन् ।-रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार