हप्तामा कतिपटक यौन सम्पर्क गर्ने ? यस्तो छ सही तरिका

यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै जान्छ, यौन सम्र्कको दर पनि क्रमस घट्दै जान्छ ।

थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुनेगर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर यौनमा बढी नै सक्रिय हुने गुनासो गर्छन् । जबकी यौन सम्पर्कमा दुबैको रुची, उत्सुकता र सक्रियता समान हुनुपर्छ । यदि त्यसो भयो भने यौन जीवन सुखमय हुन्छ ।

अक्सर दम्पतीको यौन सम्बन्धमा तालमेल मिलिरहेको हुँदैन । यहि कारणले उनीहरुको सम्बन्धमा खटपट आउँछ । मनमुटव हुनेगर्छ । कतिपय अवस्थामा त डिभोर्स पनि हुने गर्छ ।

जब पार्टनरबाट यौन सन्तुष्टि मिल्दै उनीहरुले अर्कैतिर त्यसको विकल्प खोज्न थाल्छन् । पति वा पत्नी दुबैको हकमा यस्तो हुनसक्छ ।
त्यसैले यौन सम्बन्धमा दुबै पति पत्नी सक्रिय हुनुपर्छ ।

तर, यौनमा अधिक रुची हुनु पनि राम्रो मानिदैन । साथै यौनमा उदासिन भएको पनि राम्रो मानिदैन ।

दम्पतीको सम्बन्ध सुमधुर राख्नका लागि यौन जीवनमा सन्तुष्ट चाहिन्छ । यौन जीवन सुखमय भयो भने उनीहरु एकअर्कामा थप नजिक हुनपुग्ने विभिन्न अध्ययनहरुमा पाइएको छ ।

यसको शारीरिक फाइदा पनि छ । भनिन्छ, यौन सम्पर्कको क्रममा शरीरको रक्तप्रवाह राम्ररी हुन पाउँछ । यसले मुटुलाई स्वस्थ्य राख्नदेखि छालामा चमक ल्याउनसम्म सहयोग गर्छ ।

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकासित एक अध्ययन अनुसार जो पुरुष हप्तामा दुई पटक भन्दा बढी यौन सम्पर्क गर्छन्, उनीहरुमा हृदयघातको खतरा ४५ प्रतिशत कम हुन्छ । अध्ययनमा के पनि उल्लेख छ भने, स्वस्थ्य यौन जीवनले शरीरमा कार्टिसोल नामको हर्मोन कम उत्पन्न हुन्छ, जसले चिन्ता र उच्च रक्तचापको समस्या पनि हुँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार