मेन्छ्यायेम–१ वडा कार्यलयमा ताला, एकहप्ता देखी सेवा ठप्प

मेन्छ्यायेम गाउँपालिका वडा नं. १ मा कार्यरत करारका कर्मचारी खेमनाथ गौतमलाई गाउपालिकाले हटाएको भन्दै वडा कार्यालयमा तालावन्दी

  नयाँ बुलन्द
4.5k Shares

तेह्रथुम, ३ भदौ
मेन्छ्यायेम गाउँपालिका वडा नं. १ मा कार्यरत करारका कर्मचारी खेमनाथ गौतमलाई गाउपालिकाले हटाएको भन्दै वडा कार्यालयमा तालावन्दी गरिएको छ । पालिकाले कुनै आधार नखुलाइ र परीक्षा समेत नलिई वर्षौंदेखि काम गर्दै आएको गौतमलाई राजनितिक पुर्वाग्रह राखेर हटाईएकोे भन्दै स्थानीबासीले साउन २९ गते वडा कार्यालयमा ताला लगाएका हुन् ।

नियमित रुपमा काम गरिरहेकै अवस्थामा वडा कर्मचारी गौतमलाई एक्कासी गाउपालिकाले हटाएकोले विनासर्त पुर्ववहाली नगरेसम्म ताला नखुल्ने चेतावनी बिज्ञप्ती मार्फत दिईएको छ । नेपाली कांग्रेसका वडा सभापति जनि कुमार लिम्बु र नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष भानुभक्त लिम्बु द्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत गाउपालिकाले आफ्नो निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने उल्लेख गरिएको छ ।

गाउपालिका अध्यक्ष यादव बहादुर खापुङले भने खेमनाथ गौतम विना जानकारी २ हप्ता भन्दा बढि कार्यालय हाजिर नभएपछि कर्मचारी आचारसहिंता पालना नगरेको पाईएकाले कार्वाही गरि सेवा बाट हटाईएको बताउनुभयो । आफुले राजनितिक पुर्वाग्राही सोच नराखेको बताउदै अध्यक्ष खापुङले आफुभन्दा फरक पार्टीमा आस्था राख्ने कर्मचारी पालिकामा उल्लेख्य रहेको प्रस्ट पार्नुभयो । वडा कर्मचारी गौतमले आफु विदामा बसेको र वडा सचिव लाई विदाको जानकारी गराएको बताउनुभएको छ । यता वडा सचिव योगेन अधिकारीले पनि विदाको बारे आफुलाई कर्मचारी गौतमले मौखिक जानकारी गराएको बताउनुभएको छ ।

स्थानीय तहले आवश्यकता अनुसार करारमा कर्मचारी राख्न र हटाउन पाउने कानुनी व्यावस्था रहेको छ तर  गाउपालिकाका अन्य कर्मचारी महिनौसम्म कार्यालय बाहिर रहदा पनि पालिकाले केही कार्वाही नगरेको तर खेमनाथ गौतमलाई दुई हप्ता जानकारी गराएरै विदा बस्दा पनि सेवाबाट हटाईनु दुःख भएको लिम्बुले बताउनुभएको छ ।

वडामा ताला लगाईएको कारण एक हप्ता देखी कार्यलयबाट प्रवाह हुने सेवा ठप्प रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार