दर्शक र कलाकारलाई तानिरहेको दोकानडाँडा, कार्यक्रम स्थलको भने अभाव

हरेक समय साँगितिक माहोलसहिका कार्यक्रमहरु

  युद्धबहादुर बोहोरा
1.3k Shares

इलामः जब विभिन्न पर्वहरु आउँछन् तब दर्शक,श्रोता र कलाकारले सम्झिन्छन् दोकानडाँडा । पञ्चायतकालदेखिनै द्वितिया मेला लाग्ने जिल्लाको पुरानो स्थानको रुपमा परिचित  इलामको फाकफोकथुम ७ मा अवस्थित एकतप्पाको दोकानडाँडा बजार हो । यसले धेरै भुगोलका मानिसलाई समेट्ने गरेको छ । चाहे धुलाम्य र हिलाम्य बाटो किन नहोस् , पर्व आएपछि स्थानीयले कुनै न कुनै कार्यक्रमको आयोजना गरेरै छाड्छन् । यहाँ गएपछि दर्शकलाई मोरन्जनात्मक कार्यक्रम हेर्ने साथै आफ्नो कला दर्शक सामु प्रस्तुती गर्न पाइन्छ भन्ने धेरै कलाकारलाई छाप परिसकेको छ । त्यसैले पनि हुनसक्छ दोकानडाँडाले विगत लामो समयदेखिनै दर्शक र कलाकारलाई तानिरहेको छ । मन लोभ्याउँदै हरेक समय ध्यान खिचिरहेको छ । तर, दोकानडाँडाको सेरोफेरोमा भने व्यवस्थित कार्यक्रम स्थलको अभाव उतिकै खड्किएको देखिन्छ ।

यो ठाउँमा हुने विभिन्न कार्यक्रममा दर्शकको घुईंचो त्यतिकै हुने गर्दछ तर,निर्माणधीन राँके-गैंडे सडकको काम सुस्तले गर्दा यात्रा कठिन हुने र कार्यक्रम गरिने आधिकारीक स्थान उपलब्ध नहुँदा धेरै चुनौती खेप्नु परेको आयोजकले बताए । कहिले खेतबारीमा त कहिले बाटोमा र खेलमैदान तिर आयोजमा गर्नु परेको स्थानीयबासीको दुखेसो छ । विभिन्न चार्डपर्वको अवसरमा फुटबल,भलिबल,रोटेपीङ्ग,मनोरन्जनात्मक कार्यक्रम,विभिन्न जातजातीको पहिचान झल्कने साँस्कृतिक प्रदर्शनी भए तापनि हालसम्म सहज ठाउँ उपलब्ध नहुँदा सोचेजस्तो आगन्तुकलाई सम्मान गर्न नसकिएको स्थानीय समाजसेवी पञ्चबहादुर योङ्हाङ लिम्बु बताउँछन् । लोप हुँदै गएका कला,संस्कृति,परम्परा संरक्षण गर्दै आन्तरिक पर्यटनको विकाशमा सहयता पुर्याउने र युवा पिढींलाई संस्कार र संस्कृति हस्तान्तरण गर्न सहायता पुग्ने उदेश्यले फरक फरक किसिमका मेला,महोत्सव,प्रदर्शनी तथा कार्यक्रमको आयोजना गरिन्दै आएको समाजसेवी अगुवा योङ्हाङ लिम्बुको भनाइ छ ।

चर्चित धार्मिक स्थल गजुरमुखी धाम जाने बाटोमा पर्ने यो ठाउँ नजिकै किराँत माङ्हिम,अतिउर्वर क्षेत्र खबुवा बेंशी,सत्ती ढुंगा लगायतका धार्मिक तथा पर्यटकिय स्थानहरु छन् । भौगोलिक हिसाबले जम्काभेट हुने संगम स्थल मानिने यस भुगोलका बासिन्दा सामाजिक कार्यमा एक जुट हुने गरेका छन् । बहुभाषिक,बहुधार्मिक मिश्रित मानव बस्तीले यस ठाउँमा सुन्दरता  थपेको छ । यस कारण सबैले हातेमालो गर्दै साथ सहयोग गरेर हरेक पटक कार्यक्रमको आयोजना गर्नु यहाँका स्थानीयको विशेषता नै बनिसकेको स्थानीय अगुवा युवक प्रकाश परियार बताउँछन् । यस ठाउँमा आयोजना गरिने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु समेतको उपस्थिति हुने गरेको छ । उनीहरुलाई देख्न पाउँदा बुढापाका र युवायुवीहरु दंग पर्दै साँगितिक माहोलमा रात बितेको पत्तै पाउँदैनन् ।

यसैबीच कक्फेक्वा तङ्नाम (५०८४) २०८० माघ १ गते किराँत याक्थुङ चुम्लुङ वडाकमिटिको आयोजनामा भलिबल, बृहत् राष्ट्रिय तथा स्थानीय कलाकारहको उपस्थितिमा साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, विभिन्न जातिहरूको झाँकी प्रर्दशन,च्याब्रुङ नाच, हुर्रा, मारूनी, लाखे, साकेला नाच, भाले झिक्नेलगायत विभिन्न मनोरनजनात्मक कार्यक्रमहरूको गरिएको थियो । उक्त कार्यक्रममा द भ्वाईस अफ नेपाल सिजन फोरका उपविजेता गायिका सविना योङ्हाङ र फक्तालुङ आइडल तथा गायक आइन्द्र नेम्वाङलगायत दर्जनौ स्थानीय कलाकारले भरपुर मनोरन्जन दिलाएका थिए । भलिबल र नृत्य प्रतियोगितामा बिजेता तथा उपविजेताहरुलाई कार्यक्रममा प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बु,कल्पना राईले पुरस्कार तथा मेडल,ट्रफी प्रदान गरेका थिए ।

वडाकार्यालयको ५० हजार रुपैंया,विदेशमा रहेका युवा साथै स्थानीयबासीको आर्थिक सहयोमा कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । यसअघि पनि वडाले अन्य कार्यक्रमहरुमा आर्थिक सहयोग गर्दै आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार