• भगवती उमाविमा बालक्लव पुर्नगठन

    मनकुमार वराईली मंगलबारे : इलामको देउमाई नगरपालिका-७ स्थित भगवती उच्च माध्यमिक विद्यालयमा सोमवार बालक्लव पुनर्गठन भएको छ । बालबालिकाको भेलाले कुष्णकुमारी मगरको अध्यक्षतामा १५ सदस्यीय 'अभियान वालक्लव'  पुनर्गठन भएको हो । क्लबकी उपाध्यक्षमा विना मगर, सचिवमा दिनेश कार्की, सहसचिवमा मनु तामाङ्ग र कोषाध्यक्षमा कल्पना लाम्गा...

  • शिक्षक आयोग खुल्यो, निमावि तर्फ ११ सय १७ शिक्षक माग

    नयाँ बुलन्द भक्तपुर : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि आयोग खोलेको छ । । निमावि तह तृतीय श्रेणीका विभिन्न १० विषयका लागि ११ सय १७ शिक्षक माग गरिएको आयोगले जनाएको छ । सबै भन्दा धेरै अँग्रेजीमा ३ सय २५ शिक्षक माग गरिएको छ । त्यस पछि सामाजिकका लागि १ सय ७३, नेपालीका लागि १ सय ६२, गणित विज्ञानका लागि १ सय ५५,...

  • मातृभाषा अध्यापनमा चुनौतीका चाङ

    सन्देश सुब्बा पाँचथर : विद्यार्थीहरुलाई मातृभाषामा आधारभूत शिक्षा प्राप्त गर्ने अधिकार संविधानमा उल्लेख भए पनि आफ्नो भाषामा अध्यापन गर्न भने कयौँ चुनौती रहेको सरोकारवालाहरुले बताएका छन् । नेपालको संविधान २०७२ को धारा ३१ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो भातृभाषामा शिक्षा पाउने ...

  • किर्ते मुद्धाका आरोपी डाक्टर तारा पोख्रेल धरौटीमा रिहा

    नयाँ बुलन्द पाँचथर : सरकारी छाप दस्तखत किर्ते मुद्धामा पक्राउ परेका डाक्टर तारा पोख्रेल धरौटीमा रिहा भएका छन् । २०५२ देखि ५६ सालसम्म पाँचथर अस्पताल प्रमूखको जिम्वेवारी सम्हालेका डा. पोख्रेललाई जिल्ला अदालत पाँचथरले २७ हजार धरौटी मागेर तारेखमा रिहा गरेको हो । जिल्ला न्यायधिश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनलाई २७ हजा...

  • सरकारी छाप किर्ते मुद्दामा डा. तारा पोखरेल पक्राउ

    लक्ष्मी गौतम पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले २० वर्ष पुरानो मुद्दा अनुसन्धान गर्न भन्दै पाँचथर जिल्ला अस्पतालका तत्कालिन प्रमुख डा तारा पोखरेललाई पक्राउ गरेको छ । इलाम घर भएका डाक्टर पोखरेललाई २०५३ सालमा दर्ता भएर तामेलीमा रहेको सरकारी छाप दस्तखत किर्ते मुद्दा अनुसन्धानका लागि पकाउ गरिएको पाँचथरका प्रहरी प्रमु...

  • नेविसंघ अध्यक्षमा कार्की

    नयाँ बुलन्द इलाम :  इलाम नगरपालिका ४ स्थित भगवती उच्च माध्यमिक विद्यालयमा भएको विद्यार्थीको भेलाले अस्मिता कार्कीको अध्यक्षतामा ३७ सदस्यीय नेपाल विद्यार्थी संघको मावि इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा गुणराज कार्की, सचिव दिकबहादुर चौहान, सह–सचिव यमुना बस्नेत र कोषाध्यक्ष मन्दिरा विक चयन भएका छन् । सदस्यहरुमा ...

  • एउटै निवेदन परेन दोभाषेको

    नयाँ बुलन्द इलाम : अदालती कामकाजकालाई सहज बनाउन आव्हान गरिएको दोभाषेको निवेदन इलाममा एउटा पनि परेको छैन । पुनरावेदन आदलतले दोभाषे पदका लागि एउटा पनि निवेदन नपरेको जानकारी दिएको छ । जिल्ला अदालतमा भने तीनवटा निवेदन परेको अदा लतले जनाएको छ । नेपाली भाषा नबुझ्नेलाई अदालतको न्यायिक सेवा दिन आव्हान गरिएको सूचना प्रचारप्रसार...

  • एकतप्पा र कन्याममा अखिल

    नयाँ बुलन्द एकतप्पा : इलामको एकताप्पास्थित सिंहदेवि उच्च माध्यमिक विद्यालय र कन्यामस्थित कृष्णाश्रम उच्च माविमा अनेरास्ववियुका कमिटिहरु गठन भएका छन् । सिंहदेविमा चन्द्र सुवेदीको अध्यक्षतामा ३३ सदस्यीय मावि प्रारम्भिक कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा चन्दा पौड्याल, सचिव कला खड्का, सह–सचिवहरुमा जुनु बराइली, मोनि लि...

  • करुणाको सहयोगमा भवन निर्माण

    नयाँ बुलन्द बरबोटे : करुणा फाउन्डेसन नेपालको सहयोगमा इलामको बरबोटेस्थित अमर उच्च माविमा बौद्धिक अपांग स्रोत कक्षाको भवन निर्माण सम्पन्न भएको छ । करुणाको छ लाख रुपैयाँको आर्थिक सहयोग र विद्यालयको करिब एक लाख ५० हजार गरी साढे सात लाख रुपैयाँको लागतमा १ तले १ कोठे भवन निर्माण गरिएको हो । भवन निर्माणले बौद्धिक अपांगता भएका...

  • अस्वस्थ्यकर मासु उपभोग गर्दैछन् दानावारीबासी

    नमिन ढकाल दानाबारी : झापासँग सीमा जोडिएको इलामको दानावारी गाविसमा पर्याप्त व्यवस्थित बधशाला नहुँदा स्थानिय बासिन्दा अस्वस्थ्यकर मासु खान बध्य छन् । स्थानीय शुक्रबारे बजार लगायतका स्थानमा शुक्रबार र बुधबार काटिने राँगा, सुँगुर, खसी तथा मासुजन्य पशुहरु बधशालाको अभावमा बाटो छेउमा काटिने गरिएको छ । बजार आसपासको क्षेत्रबाट ...